दयानिधी भण्डारी , केन्द्रिय अध्यक्ष साईकल ब्यवसायी महासंघ ।
जुन ५ अर्थात बिश्व बातावरण दिवस । यहि २३ गते आईतवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाउने तयारी भईरहेको छ । सन १९७२ देखि बिश्व वातावरण दिवस मनाउदै आई रहेको सन्दर्भमा यस बर्षको बिश्व वातावरण दिवस केही फरकपनका साथ सहभागी हुने जमर्को हामीले गरेका छौं ।
भनिन्छ कुनै पनि असरहरुको निदान भन्दा असर पर्नु अगावै त्यसका बारे सचेत पार्न सकियोस अर्थात त्यसबाट जोगाउन सकियोस । रोग लागेपछिको उपचार भन्दा रोग लाग्नै नदिने उपाय खोज्नु मानवका लागी लाभदायक छ भने जस्तै बातावरण दिवस मनाउदै गर्दा मानवलाई बातवरण स्वच्छ राख्ने उपायहरुका बारे ज्ञान दिनु उपयुक्त हुन्छ ।
बिश्व हरेक दृष्टीले सागुरो भैरहेको छ । बिश्वलाई सञ्चार र यातायातले यती सागुरो बनाएको छकी पछिल्ला केही बर्ष यता अकल्पनीय परिवर्तन खर बिकासहरु भै रहेका छन । जसका कारण सेकेण्ड सेकेण्डमा बिश्वको वल्लो कुनो र पल्लो कुनो जोडिएको छ ।
सञ्चार पछि बिश्वलाई सवै भन्दा तिव्र अवस्थामा जोडने यातायात क्षेत्र हो जुन हवाइ यतायात होस वा जल यातायात होस वा सडक यातायात होस । तर तिनले वातावरणमा पारेको असरबारे सोच्ने फुर्सद बिश्वलाई हुन छोडेको छ ।
हामी नेपाली बिकासका नाममा गाउ गाउमा सडक निर्माण गरेर मख्ख छौ घर अगाडी वा आफ्नो नाकै बाट धुलो र धुवा उडाएर सवारी साधन गुडेको देख्दा हामीलाई निकै आनन्द लाग्छ । तर त्यसले पारेको असरबारे हामीले हेक्का गरेका छैनौ ।
कुनै समय सर्वसाधारणको अत्यन्त प्रिय र भरपर्दो रुपमा रहेको साईकलको प्रयोग हराउन थालेको । साईकलले दिने फाईदाबारे न हामी सचेत भनिएकाहरुले सोच्न भ्याएका छौं । नत राज्यलेनै साईकलको प्रयोग बढाएर आकासिदो ईन्धनको प्रयोग, ध्वनी तथा बायु प्रदुषण बारे सोच्न सकेको छ । उल्टै गरिव र बिपन्न बर्गको सहयात्रीको रुपमा रहेको साईकलमा १३ प्रतिसत भ्याट र ५ प्रतिसत भन्सार महशुल लगाएर चुलो निभाउने अवस्थामा पु¥याएको छ । तसर्थ हामी साईकलको प्रयोगलाई बढाउदै समाजलाई बढदो ध्वनी प्रदुषण र बायु प्रदुषणबाट बचाउनुका साथ साथै निम्न लिखित लाभ लिन सकिन्छ । अन्यथा बातावरण मैत्री साईकललाई निचोरेर बातावरण दिवस मनाउनुको कुनै अर्थ रहदैन ।
१ कम आय हुने बर्गको साधन ः
साईकल बास्तवमै निम्न आय हुने बर्गको सवारी साधन हो । श्रोत र साधनका हिसावले सम्पन्न मानिसहरुको रोजाई साईकल पर्दैन ।सिमित व्यक्तिहरुमात्र साइकललाई सोखको रुपमा प्रयोग गर्ने गर्छन । कम आय हुने बर्गका मानिसले मात्र साईकललाई आफ्नो सवारी साधनको रुपमा प्रयोग गर्ने गर्दछन । यस्तो बिपन्न बर्गले मात्र प्रयोग गर्छन भन्ने जानकारी राज्यको निती निर्माण तहमा बस्ने हरुलाई थाह नभएको पनि होईन तर यसमा भ्याट र भन्सार लगाउनु गरिवलाई अझ गरिव बनाउनु नै हो ।
२ कृर्षिकार्यमा प्रयोग हुने साधन ः
तराईका ग्रामिण बस्तीहरुमा निम्न आय भएका किसानहरुको बस्तीका रुपमा परिचित छन । जसको मुख्य यातायातको साधन भनेको साईकल नै हो । आफ्नो कृषी जन्य उत्पादन संगै दुध दही बजार सम्म पु¥याउदा होस या मल बिउ खरिद गरेर बजारबाट लैजादा होस प्रमुख साधन भनेको साईकल नै हो । तसर्थ निम्न आय भएकाहरुको हितमा काम गर्छु भन्ने राज्यले यिनका बारे सोच्नै सकेको नपाईनु दुखद छ ।
३ प्रदुषण मुक्त साधन ः
जनसंख्याको बृद्धी, धुवा र ध्वनी उत्सर्जन गर्ने साधनहरुको बढदो प्रयोग उद्योगहरु बातावरण मैत्री हुन नसक्नु आदि कारणले हाम्रो बायु मण्डल प्रदुषित हुदै गएको छ । साईकल एक मात्र त्यस्तो साधन हो । जसले बातावरण प्रदुषित गर्दैन । बढदो बातावरण प्रदुषणलाई घटाउन वा कमगर्न यसको महत्वपुर्ण भुमिका रहन्छ । तसर्थ पनि साईकलमा लगाईने जुनसुकै कर पनि मिनाहा गर्दा राज्यलाई आर्थिक नोक्सान पर्दैन ।
४ स्वास्थ्यका दृष्टीले उपयुक्त साधन ः
बढदो प्रदुषण, बिलाशी जिवनशैली आदीका कारणले मानव स्वास्थ्य जोखिममा परेको छ । मानिसमा बिभिन्न रोगको संक्रमण बढेको छ । स्वस्थ जिवनका लागी कसरतको आवश्यक हुने गर्दछ । दैनिक एक घण्टा साईकल चलाउने गर्नाले मानव स्वास्थ्यमा सवैभन्दा लाभ दिने गर्छ जसलाई बुझेर चिकित्सक तथा योग गुरु तथा बिज्ञहरुले समेत साईकलको प्रयोगलाई प्रोत्साहन गर्ने गरेका छन ।
५ ईन्धन बिना चल्ने साधन ः
साईकल यस्तो साधन हो जसलाई प्रयोग गर्दा कुनै ईन्धनको प्रयोग गर्नु पर्दैन । हाम्रो देशले ईन्धनको प्रयोगबाट बर्षेनी अर्वौ रुपैया बिदेश पठाउछ । इन्धन अभावका कारण हामीले भोग्नु परेको पिडालाई कसैले बिर्सेको छैन । जुन बेला हामी ईन्धन अभावको सामना ग¥यौ त्यसवेला राज्यका निती निर्माताहरुमा साइकल प्रयोग समेत प्राथमिकतामा परेको थियो ।तर अहिले ईन्धन केही सहज हुन थाले पछि योत गरीवले चढने साधन हो भन्ने मानसिक रोगले ग्रसित बनाएको देखिन्छ तसर्थ उक्त मानसिकताबाट मुक्त हुदै साईकलको प्रयोगलाई प्रोत्साहन गर्ने निती बनाउनु आवश्यक छ ।
६ दुर्घटना कम हुने साधनः
ठुला सवारी साधनको चेपुवामा परेको यो साधन दुर्घटनामा पर्ने खतरा अत्यन्त कम हुने गर्छ । अन्धाधुन्ध ठुला सवारी साधनको प्रयोगले हुने जनधनको क्षतीलाई कल्पना गर्ने जो कोहीले पनि साईकलको प्रयोगलाई महत्व दिने निश्चित छ । जुन साधनबाट दुर्घटना र जनधनको क्षती अत्यन्तै न्युन ुहन्छ । बिश्वका केही राष्टहरुले साईकलको लागी अलग्गै लेनको व्यवस्था गरेका छन । जसका कारण साईकलको दुर्घटना र क्षती सुन्य नै हुने गर्छ ति मुलुकहरुले जस्तै हामीले पनि निर्माण गर्दै गरेका सडकहरुमा साईकल प्रयोगकर्ताहरुका लागी अलग्गैलेन बनाउनु आबश्यक छ ।
७ भ्याट र भन्सार कम गर्दँ चोरी पैठारी कम हुने ः
साईकलको खरिद बिक्रिमा १३ प्रतिसत भ्याट र ५ प्रतिसत भन्सार महशुलका कारण साईकलको मुल्य बढेको छ । जसका कारण साईकल प्रयोगकर्ता सिमावर्ती क्ष्ँेत्र र त्यसको प्रयोग गर्ने बिपन्न परिवारले चोरी पैठारी गर्ने गर्दछ । भारत सरकारले साईकलमा कुनै पनि कर नलगाएका कारणले पनि सिमावर्ती क्षेत्रका बजारमा नेपाली साइकल खरिदकर्ताहरुको भिडलाग्ने गर्दछ । तसर्थ साईकलमा लाग्दै आएको भ्याट लगायतको कर हटाउनु आवश्यक छ जसका कारण चोरि पैठारी नियन्त्रण हुने निश्चित छ ।
यसका साथै भारतमा बिद्यार्थिलाई बिद्यालय जाने गराउन बिद्यार्थीहरुलाई निशुल्क साईकल बितरण गर्ने गरीएको छ । जसले बिद्यार्थीलाई नियमीत बिद्यालय जान उत्साहित गरेको छ । हामी कहा पनि उक्त व्यवस्था हुनु आवश्यक छ ।
साईकलमा लगाईको भन्सार महशुल र भ्याट हटाउदा नेपाली कुनैपनि उद्योगलाई असर गर्दैन । यो साधन नत बिलाशी जिवन जिउनका लागी हो यसर्थ यसबारे गम्भिर भएर सोच्ने हो र त्यसको कार्यान्वयनमा ध्यान दिने हो भने बिश्व बातवरण दिवस नेपालले पनि मनाउनुको सार्थकता पुष्टि हुन्छ ।