काठमाडौं, फागुन ९
काठमाडौंको महाराजगन्जमा स्कुल बसको ठक्करबाट दुई जना चिकित्सकको मृत्यु भएको छ।
बसको ठक्करबाट शिक्षण अस्पतालमा एमडी अध्ययनरत प्युठान विजुवार-५ का २९ वर्षीय सन्जिव सुवेदी र भारत विहारका सोनी आनन्दको मृत्यु भएको डिएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
महाराजगन्जको कान्ति अोरालोमा पैदल हिडिरहेका उनीहरुलाई आइतबार दिउँसो साढे ४ बजेतिर विद्यार्थी बोकेको विद्या संस्कार स्कुल बानेश्वरको बा १ क ४३ नम्बरको बसले ब्रेक फेल भएर ठक्कर दिएको थियो। ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको आचार्यले जानकारी दिए।