फागुन ६, काठमाडौं
भारतीय बजारमा भरखरै प्रवेश गराइएको एसयूभी नयाँ फोर्ड एन्डेभर भोलि देखि नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो गाडी नेपाली बजारमा पनि छोटो समयमा लोकप्रिय हुने विश्वास लिइएको छ ।
यसमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको डिजाइन आकर्षक छ र क्षमता उत्कृष्ट छ । यस अगाडिका फोर्ड गाडीको बनौट र क्षमतामा थप अनुसन्धानका साथै स्तरीय प्रविधि प्रयोग गरी नयाँ गाडी उत्पादन गरिएको हो ।
सिटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसिटका साथै आकर्षक बडी पनि यसको विशेषता भित्र पर्छ । नयाँ फोर्ड एन्डेभर २.२ लिटर र ३.२ लिटर इन्जिनमा उपलब्ध छ । साथै इन्धन किफायती (कम इन्धन उपयोग) हुने गरी बनाइएको छ ।
नयाँ फोर्ड एन्डेभरमा ७ वटा एयरब्याग राखिएको छ । यसमा चालकको घुँडाको लागि पनि एयरब्याग राखिएको छ ।
नयाँ फोर्ड एन्डेभर ६ विभिन्न किसिमका रंगहरु Sunset Red, Golden Bronze, Diamond White, Panther Black, Moondust Silver र Smoke Grey मा उपलब्ध छ ।
विगत पाँच दशकको SUV निर्माण अनुभव र विश्वव्यापी बजार भएको फोर्डले आधुनिक प्रविधिको संयोजनबाट तयार पारेको नयाँ फोर्ड एन्डेभर आधुनिक युगको आकर्षक रोजाई भित्र पर्ने कम्पनीको दाबी छ ।