भगवती पाण्डे बुटवल
बुटवलका धेरै लाई केही बर्ष अघि सम्म गाडी किन्न मन लाग्दा काठमाण्डौ जानु पथ्र्यो । आफुले चाहेको वा मन परको गाडि किन्न उनी एक साता काठमाण्डौ बस्दा रोजे जस्तो र खोजे जस्तो गाडी पाउथे ।
बुटवलकै अधिकांश सवारी साधनका सौखिन प्रयोगकर्तालाई आफुले चढेको गाडी बेच्नु पर्यो भने काठमाण्डौ नै जानु पथ्र्यो बुटवलमा गाडी बेच्नै मुस्कील हुन्थ्यो । सिमीत उद्योगी ब्यापारीहरु मात्र कार वा निजी जिप चढने हैसियत राख्थे । जो गाडि चढने हैसियत राख्थे उनिहरु अरुले चढेको गाडी अर्थात सेकेन्ड हेन्ड किन चढने भन्ने सोचाई राख्थे ।
२०६० साल सम्म लुम्विनी क्षेत्रमा निजी प्रायोजनका ५०० को हाराहरीमा कार जिप रहेको लुम्विनी अञ्चल यातायात ब्यबस्था कार्यालयको रेर्कडले देखाएको छ । प्राय जसो काठमाण्डौ बाटै खरिद गरेर ल्याउथे । त्यस बाहेक केही सार्वजनीक भाडाका कार ट्याक्सीको रुपमा चल्ने गरेको पाईन्थ्यो । अझ भन्ने हो केही बर्ष अघि सम्म भने बुटवलमा महेन्द्रा कम्पनीका जिप र मारुती कम्पनीको साना सवारी साधन बेच्ने बाहेक अन्य सवारी साधनका सो रुम नै थिएनन ।
अहिले बुटवलको बजार फेरीएको छ मनलाग्दा गाडिका सो रुम छन , चाहेको बेला बेच्न रिकण्डीसन पसल छन चाहेको गाडी कम पैसामा किन्न र आफुलाई मन लाग्दा सम्म चढेर रहर पुगे पछि बेच्न पाईने अवस्था छ ।
बुटवलमा पहिलो पटक मारुती कम्पनीका कार बेच्ने कामको थालनी लिला राज शाक्यले गरे तर उनी त्यो काममा टिक्न सकेनन । त्यसपछि मारुतीको कारोवार पाल्पा भैरव अटोमोवाईल्स र पछिल्लो समय अटोमार्टले सम्हालेको छ । अहिले बुटवलमा साना सवारी साधनका दर्जन जती सो रुम खुलेका छन भने तीनलाई पछ्याउदै रिकण्डीसन सो रुमहरुले पनी यहाका मध्यम खालका उपभोक्ताहरुको चाहना पुरा गरी रहेका छन ।
बुटवललाई यातायात ब्यवसायीको सहर भनेर उपमा दिने गरीन्छ । नेपालकै ठुलो र संगठित यातायात ब्यवसायी संस्था पश्चिम नेपाल बस ब्यवसायी संघ रुपन्देहीमा छ । जहा करिव २४ सय सवारी साधनले सेवा सञ्चालन गरेका छन । तर यो सहर साना सवारीको प्रयोगको हिसावले आफुलाई अन्य सहरको रुपमा अगाडी ल्याउन सकेको पाईदैन ।
जुन ढंगले सार्वजनीक सवारीका साधनको ब्यबसायीक रुपमा कारोवार हुन्छ त्यो हिसावले साना सवारी साधनको कारोवारले गती लिएको पाईदैन । सेकेण्ड हेण्ड साना सवारी साधनको कारोवारका लागी केही ब्यबसायीक कारोवारको पहल भएपनी ब्यबसायीहरुको महत्वाकांक्षा, ब्यबस्थापकीय क्षमाता, बजार प्रर्वद्धनको ठोस योजनाका कामीका कारण तिनले खासै गती लिएको देखिदैन । देखासिखी गरेर खुलेकाहरु पनी कारावार सुरु नगर्दै बन्द हुन पुगेका छन
बुटवलमा रहेका नया गाडि बेच्ने सो रुमहरुले समेत पुराना गाडीको खरिद बिक्री गर्छन । कुनै कुनै सोरुमका सञ्चालकले यती सम्म गर्छन कि बिदेश बाट आएका छोटो समय बस्ने गाडीका पारखी हु भन्नेहरुलाई बेचेको एक महिना मै लाखौ कम मुल्यमा खरिद गरेर अर्का ग्राहकलाई सोरुमकै मुल्यमा बेच्ने गर्छन । जसले उपभोक्ता ठगीएका छन भने कारहरुको रिकण्डीसन ब्यबसायमा नराम्रो धक्का लागेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
बुटवलको पहिलो कार रिकण्डीसन — अटो जोन
आफुले चढेको गाडी आफैले ग्राहक खोजेर बेच्नु पर्ने काम कठिन हो तर पनी यस खालका ग्राहक पाउन सकिन्छ भन्ने बुझेपछि पुराना अर्थात सेकेण्ड हेण्ड गाडीकोे कारोवारलाई पनी किन ब्यबसायीक रुपमा सुरु नगर्ने भनेर बुटवलका उत्साही युवाहरु ज्ञानेन्द्र ज्ञवाली र नारायण श्रेष्ठले ०६२ साल बाट यसको पहिलो पटक ब्यबसायीक थालनी गरेका थिए ।
आफुलाई रहर पुगेर बेच्न चाहनेहरुका गाडी खरीद गर्ने र किन्न चाहनेहरुलाई सस्तो मुल्यमा गाडी चढने चाहना पुर्याईदिने काममा ज्ञवाली र श्रेष्ठको अटोजोन नामक रिकण्डीसन सो रुमले रामै सहयोग गरेको छ । यो नै बुटवलको पहिलो कार रिकण्डीसन सो रुम हो ।
कपडा ब्यापारी बावुका स्नातक छोरा ज्ञानेन्द्र ज्ञवाली क्याम्पस पढने बेला बिदेश जाने सपना बुन्थे तर उनलाई हजुरवुवा र बुवाले सम्हलेको ब्यापार सम्हाल्नु पनी रामै्र हो भन्ने लाग्थ्यो त्यसैले सहपाठीहरु बिदेश हानीदा उनी आफुलाई स्वदेशमै केही गर्नुपर्छ र यहा केही न केही गर्छु भन्ने लागेर ब्यबसायमै होमीए ।
सूरुमा रिकण्डीसन सो रुम खोल्नु चुनौतीपुर्ण थियो । कतीपय अवस्थामा यो ब्यबसायलाई दलाल र बिचौलीया जस्तो बुझनेहरुका कारण उनलाई अप्ठ्यारो महसुस हुनथ्यो तर आफैले लगानी गरेर किन्ने र ग्राहकलाई आफुले तोकेको मुल्यमा बेचने भए पछि उनले निर्धक्क साथ कारोवार सम्हाल्न थाले ।
०६२ सालमा पहिलो रिकण्डीसन सो रुम खुले यता आधा दर्जन रिकण्डीसन सो रुमहरु खुलेर बन्द समेत भैसकेका छन तर ज्ञवाली र श्रेष्ठको जोडीले अहिले सम्म रामै्र कारोवार गर्न सफल भएको छ । ज्ञवाली भन्छन हामीले अप्ठ्यारो समयमै सुरु गर्यौ त्यसैले अहिले साना तिना समस्या संग जुध्न कुनै गाह््रो छैन ।
नया गाडी किनेर चढदा घाटा हुन्छ र पुराना चढेर बेच्नु पर्दा पनी कम घाटा हुन्छ भन्ने बुझेकाहरुको अर्कषण नै रिकण्डीसन हाउस तिर हुन्छ ज्ञवालीले अथ्र्याए । ज्ञवालीका अनुसार पुराना गाडीमा समस्या बैकले लिने ब्याज नै हो अरु कुनै समस्या छैन । बिश्वासका आधारमा बैंकले ऋण पत्याउछन तर ब्याजदर पुरानाको चर्को छ ,ज्ञावालीको गुनासो छ । नया गाडी किन्दा बढीमा ८ प्रतिसत ब्याजमा ८० प्रतिसत सम्म लगानी गर्छन तर पुराना गाडी किन्न बिकास बैक हरु बाहेक बाणिज्य बैक हरुले लगानी गर्दैनन जहा १४ प्रतिसत सम्म ब्याज बुझाउनु पर्छ ज्ञवालीले खुलाए ।
पछिल्लो समय उपभोक्ता अत्यन्त सचेत भएको बताउदै ज्ञवालीले रिसेल भ्यालु माईलेज र पार्टसको प्रयाप्त उपलब्धताका आधारमा कारमा हुण्डाई र मारुती तथाजिपमा महेन्द्रका बोलेरो गाडिको बढी माग रहेको बताए ।
ज्ञवाली र श्रेष्ठ ब्यबसायमा मज्जाले जमेका छन आज पनी उनिहरुको सोरुममा १०। १२ गाडी बिक्रीका लागी छन । अलिअलि बिग्रेका गाडी पनि खरिद गर्छन र मर्मत गरेर बेच्ने गरेका छन । ज्ञवाली भन्छन कारोवार नराम्रो छैन , हामी यो कारोवारलाई काठमाण्डौ सम्म बिस्तार गर्ने योजनामा छौ । १० बर्ष करिव भैसक्यो यो ब्यबसायले नै परिवार धानेको छ हामी खुसि छौं ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
सेकेण्ड हेण्ड किन चढने भन्ने बुझेका उपभोक्ता नै हाम्रा ग्राहक हुन
प्राथाना अटो ईन्टरनेसनका बिशाल जिसी अहिले आफ्नै कार चढेर सरर सडकमा गुडछन । कुनै समय जागीरका लागी अरुको ढोका चहारेका जीसी आज आफैले अरुलाई रोजगारी दिन पाएकोमा खुसि छन । लाखौको ब्यबसय छ, उनको सपना छ म यो ब्यबसायलाई उत्कृष्ठ बनाउछु ।
ब्यबस्थापनमा स्नातक ३१ बर्षिय जिसी पढाई नसक्दै राजगारीको खोजीमा लागे र बुटवलको सपना अटो मोवाईल्समा बजार प्रतिनिधीको रुपमा काम गर्ने अवसर पाए । त्यहा ७ बर्ष सम्म किया गाडिको मार्कटिङ गर्दा आफुलाई गाडिको कारोवारमा कसरी सफल बनाउने भन्ने सिक्ने अवसर पाए ।
सपनामा काम गरेको त्यो अनुभवले उनलाई दिपसिखा ईन्टरनेसनल को महाप्रवन्धक हुने अवसर दिलायो जहा उनले २ बर्ष सम्म प्रीती नमाका टेक्टर र फियट कारको बिक्री गर्ने र बजार बुझ्ने राम्रो मौका पाए ।
सधै अरुकोमा काम गरेर जिवन बिताउनु भन्दा आफुले पनी थोरै धेरै लगानी गरौ र ब्यबसाय गरौ भन्ने लागेकोले जिसिले पुराना गाडीको कारोवार राम्रै हुने ठानेर त्यतातिर तानिए । बुटवलको प्राथाना अटो इन्टरनेशनल नामक रिकण्डीसन सोरुम खोलेका जिसीलाई निर्माणाधिन सडकका कारण हुन सम्म अप्ठारो परेको छ । उनले सो रुमको सञ्चालनको लागी सवै तयारी पुरा गरेपनी सो रुममा गाडी पुर्याउन पाएका छैनन । सडक बन्दै गरेकोले उनले सोरुम को बाहिर र अन्यत्र राखेर कारोवार गर्नु परेको छ । आफ्नो काम गर्न पाएको छु त्यसैमा गर्व छ । अरुलाई रोजगारी दिन पाएको छु खुसी लागेको छ । अटोको कारोवारमा मलाई सन्तुष्टि छ जिसी भन्छन ।
अत्याधुनीक सर्भिस सेन्टरको अभाव , दक्ष मेकानिक्सको अभाव र बैंकको चर्को ब्याज नै रिकण्डीसन ब्यबसायका बाधा हरु हुन । पुराना गाडी बिग्रीई रहन्छन भन्ने मानसिक त्रास र राम्रो संग बनाउन जान्ने मेकानिक्स पाईदैन भन्ने बुझाईले रिकण्डीसन प्रति गाडिका पारखीहरुको मन जान नसकेको बुझाई जिसीको छ । तर पनी भारतीय र १५ लाख मुल्य हाराहारीका सवारी साधनको माग बढी छ ।
हामीले पुरानो गाडी किन चढने भन्ने बुझाउन सकेका छौं त्यसैले कारोवारमा समस्या छैन जीसीले ब्यबसायीक योजना बताउदै भने । हामी ग्राहक लाई सहयोग होस भनेर बैक तथा बित्तिय संस्थाहरु संग समन्वय र सहजीकरण गरीदिने काम समेत गछौं । अर्थात फाईनान्सको सुबिधा समेत उपलब्ध गराउछौं ।
कतिपय गाडीकका ग्राहक काठमाण्डौ जाने गरेको बतउदै जीसीले हामीकहा काठमाण्डौका ब्यापारी आएर गाडि लैजान्छन अनी यतैका ग्राहकलाई बेच्छन । हामीकहा महंगो पर्छ भनेर सिधेै काठमाण्डौ पुग्ने ग्राहकहरु हामीले बेचेको गाडि किनेर फर्केका थुपै उदाहरण हरु छन । जीसीले भने ।
अझै पनी रिकण्डीसन ब्यबसायले ब्यवसायीक रुप लान नसकेको बताउदै बिच बाटोमै गुडदा गुडदैको गाडी बेच्ने परम्पराले ब्यबसायीकता दिन बाधा उत्पन्न भएको जीसीले दावी गरे । उनले आफुहरु लाखा लगानी गरेर सोरुम खोलेर बस्दा कर र मासिक हजारौ भाडा तिर्नु परेको छ तर बिचौलीयाहरु बाटौमै गाडी बेचेर नाफा पार्छन ।
गाडीधनीहरु आफुले बुझ्ने रकम बुझेपछि बाकी रहेको बैंकको रकम बुझाएर नामसारी गरी दिने बेला सम्पर्क बिहिन हुनु अटो ब्यबसायमा अर्को समस्या भएको उनले दुखेसो गरे । कतीपय गाडीधनी नामसारी गरीदिने बेला अत्यन्तै दुख दिन्छन जीसीले भने ।