बुटवल कार्तिक १
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले खुसी र हर्षको पर्व दशैंलाई दशा नबनाउने गरी यात्रा गर्न यात्रु तथा सवारी साधनका मजदुरहरुलाई आग्रह गरेको छ ।
ईन्धन अभावका कारण प्रयाप्त सवारी साधन संचालन हुन नसकेको अवस्थामा सिट क्ष्ँमता भन्दा केहि बढि यात्रु राखेपनि सजगताका साथ सवारी साधन संचालन गर्न चालकहरुलाई आग्रह गरेको हो ।
कार्यालयमा आयोजित परिचयात्मक कार्यक्रममा हालै मात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले उक्त आग्रह गर्नु भएको हो ।
नियमत सवारी साधनले क्षमता भन्दा बढी यात्रु राख्न मिल्दैन तर हामी यात्रु र मजदुरहरुको बाध्यताका कारण दुर्घटना ननिम्तीयोस भन्नेमा सर्तक छौं अधिकारीले भन्नु भयो । अधिकारीले आफु यस क्षेत्रमा कार्यकाल पुरा गरी जादा कामको सकारात्मक समिक्षा गर्न सक्ने भएर जाने समेत बताउनु भयो ।
प्रहरी उपरिक्ष्ँक अधिकारीले प्रयाप्त सवारी साधन उपलब्ध गराउन नसकेको अवस्थामा सवारी साधनमा सुरक्षित तरिकाले मिलेर यात्रा गर्न आग्रह गर्नुभयो । छिटो पुग्ने बहानामा हतारमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकोले बिस्तारै र सावधानीपूर्वक सवारी साधन चलाउन चालकहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा पत्रकारहरुले रुपन्देही सवारीको अत्यन्त चाप हुने जिल्ला भएकोले प्रहरीले विशेष सचेतनाका कार्यक्रम संचालन गर्न सुझाव दिएका थिए । पत्रकारहरुले ट्राफिक प्रहरीले जनचेतनाका कार्यक्रम सञ्चालन गर्नसके बढदो दुर्घटना न्युनिकरण हुने तथा चालकहमा नियम मिच्ने प्रवृती बढेकोले त्यसको नियन्त्रण गर्ने अभियान चलाउन सुझाए ।
सो अवसरमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केशी, पत्रकारहरु माधव नेपाल, दिनेश पाण्डे, दिपक ज्ञवाली, विश्वास ढकाल, अमृत गिरी, टोपराज शर्मा, रुद्रहरी कुवंर लगायतले ट्राफिक सचेतनाका कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्न सुझाव दिनुभएको थियो ।