पाल्पा असोज ८,सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड मस्याम ४ चर्चरेमा गए राती बा १४ च ९३६४ नम्वरको निजी स्कार्पियो जिप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १ जना गंभिर घाईते भएका छन् ।
मृत्यु हुनेमा गुल्मी तम्घासका ५५ बर्षिय राम प्रसाद पन्थ र ४७ बर्षिय कृष्ण प्रसाद भण्डारी रहेका छन् । पन्थ निर्माण व्यबसायी र भण्डारी प्राध्यापक हुन् ।
गुल्मी तम्घासकै चालक देवी राम पन्थी गंभिर घाईते भएको प्रहरीले जनाएको छ । उनको लुम्विनी मेडिकल कलेज तानसेन प्रभास उपचार पछी भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।चालक पन्थी जिल्ला विकास समिती गुल्मीका अवकाश प्राप्त चालक हुन् ।
जिप सडकबाट करीव २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिप गुल्मीबाट बुटवल तर्फ जांदै थियो । के कति कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।