बुटवल असोज २८
यातायात ब्यवसायीहरुको छाता संस्था पश्चिम नेपाल बस ब्यवसायी संघले लामो समय देखि बन्दको मारमा परेका ब्यवसायीलाई राहत दिने भएको छ ।
लामो समय देखिको बन्दको कारण नियमीत रुपमा यातायात सञ्चालन हुन नसक्दा ब्यवसायीहरु मर्कामा परेको भन्दै संघले यस्तो निर्णय गरेको हो ।
संघको बुधवार सम्पन्न कार्यसमिती बैठकले मधेशवादी दलहरुको बन्दका क्रममा आगजनी तथा तोडफोडमा परेका सवारी साधनका धनीहरुलाई उक्त राहतको अलावा प्राबिधीकको प्रतिवेदनका आधारमा क्षतीपुर्ती समेत उपलब्ध गराउने छ ।
संघका अध्यक्ष्ँ दधिराम खरेलको अध्यक्षतामा सम्पन्न बैठकले बन्दका कारण पुर्ण रुपले गाडी सञ्चालनमा आउन नसकेका रुटका ब्यवसायीलाई प्रति ब्यवसायी दश हजार र आंशिक रुपमा सेवा सञ्चालन गरेका ब्यवसायीलाई पांच हजार रुपया दिने निर्णय गरेको हो ।
सवैभन्दा बढी सेवा सञ्चालन हुने समयमा सेवा सञ्चालन हुन नपाउदा ब्यवसायीहरु मारमा परेको र चाडवाडको समयमा ईन्धनको अभाव हुदा ब्यवसायीहरुले चाडवाड समेत मान्न नपाउने अवस्था देखिएकोले यस्तो निर्णय गरीएको अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।
यसका साथै ईन्धनको उपलब्धता र यात्रुको चापका आधारमा सेवा सञ्चालन गरीने जनाउदै ईन्धनको अभावका कारण बिगतका बर्षहरुमा जस्तो प्रयाप्त सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको उहाले जानकारी दिनु भयो ।
सामान्यतय दैनिक १ हजार ४ सय क्यु सेवा सञ्चालन गर्दै आएको संघले पछिल्ला केहि दिन यता ईन्धन अभावका कारण करिव ६ सय क्ुव सेवा सञ्चालन गर्दै आएको छ । मधेशवादी दलहरुको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण सवै भन्दा बढी यायतायात ब्यवसायीहरु मर्कामा परेको दावी संघको छ ।
बैठकले नया संबिधानको स्वागत गर्दै राजनितीक दलहरुलाई सहमतीका र सहकार्यका आधारमा अगाडी बढन तथा मुलुकको आर्थिक समृद्धी तर्फ केन्द्रित हुन आग्रह गरीएको संघका महासचिव जिवन बन्जाडेले बताउनु भयो ।