दधिराम खरेल
केही बर्ष अघि तत्कालिन बुटवल नगरपालिकाका (हालको बुटवल उपमहानरपालिको) अनुरोधमा पश्चिम नेपाल बस ब्यवसायी संघले गाउ नगर साझेदारी मिनी माईक्रो सेवा सञ्चालन गर्दा बुटवलमा सञ्चालित करिव १२ सय रिक्सा बिस्थापित हुने भन्दै रिक्सा ब्यवसायीहरुबाट बिरोध भयो ।
बिरोधको अग्रभागमा रिक्सा ब्यवसायी र रिक्सा चालक देखिएको भए पनि पर्दा पछाडी यहाका केही गाडि माफीयाहरु सम्लग्न थिए भन्ने समयले पुष्टि गर्यो । त्यो बेला बुटवलमा यातायात ब्यवसायीले सुरु गरेको सेवा राम्रो छ भनेर मुख कसैले खोलेन, मात्र बुटवल नगरपालिका र यातायात ब्यवसायी मात्र साथमा थिए ।
पश्चिम नेपाल बस ब्यवासायी संघबाट सञ्चालीत बसहरु थोत्रा भए यात्रुले यात्रा गर्दा सामान्य बर्षामा पनि गाडी भित्र छाता ओढनु पर्ने अवस्था आयो भनेर आएको गुनासो सम्वोधन गर्दै पश्चिम नेपाल बस व्यवसायी संघले पुराना गाडी बिस्थापनको योजना बनायो । संघ आफैले सञ्चालन गरेको कोषबाट व्यवसायीलाई राहत दिदै पुराना बस काटन सुरु गरीए पछि करिव १ हजार ४ सय बस काटिए जसबाट संघले करिव ४८ करोड रुपैया ब्यय भार ब्यहोर्नु प¥यो ।
केहि समय अघि बुटवलको एउटा संस्थाले अन्य जिल्लामा पुरानो भएका कारण बिस्थापित बस खरिद गरेर चलाउन खोज्दा हामीले यसअघि भएको सहमती पालना गर्न आग्रह गर्यौ । त्यती बेला पनि हामीले दादागीरी गरेको आरोप लगाईयो । ठुलाठुला अक्षरहरुमा रंगाएर लेखियो । कति सम्म गलत आरोप लगाउने भन्ने सम्म पनि हेक्का गरीएन ।
सधै बुटवलबासीले पुराना गाडी चढनु पर्ने, नया चढन नपाईने भन्ने आवाजको सम्वोधन गर्न हामीले हामी निरन्तर सक्रिय रह्यौं । त्यसबेलाको स्थानिय यातायात ब्यवस्थापन समितीको बैठकमा समेत उपस्थीत सर्वदलिय सहमतीबाट एक बिस्थापित एक स्थापित निर्णय भयो । जस अन्तरगत काटिए १५ बर्ष भन्दा पुराना काटिए र अहिले पनि हामी त्यो काममा निरन्तरता दिएका छौ । तर अहिले पनि बुटवलका सडकमा पश्चिम नेपाल बस ब्यवसायी संघ बाहेकका ४० बर्ष भन्दा पुराना गाडी गुडीरहेका छन तर कसैलाई ति पुराना गाडीहरुको जोखिम बारे वास्ता नै छैन ।आखिर थोत्रा बस अन्यत्र पनि रहेछन ।
त्यस बेलाको सहमती र निर्णय यस क्षेत्रमा गाडीको संख्या धेरै भयो यहाका सडक र यात्रुले यत्रो ठुलो लगानी थेग्न सक्दैन लाखौ लगानी गरेका ब्यवसायी बिस्थापिन हुन्छन भनेर पुराना एउटा गाडी बिस्थापन गरेर अर्को गाडी ल्याउने भन्ने नै हो । तर अन्यत्रका बस ब्यवसायी समितीले त्यहाका यात्रुलाई यी सवारी साधनले बोक्न सक्दैनन, बोक्दा पनि जोखिम हुन्छ भनेर बिस्थापन गरेका गाडी बुटवलमा ल्याएर चलाउन खोज्दा हामीले तीनै दुईवटा सहमतीलाई स्मरण गर्न आग्रह गर्दा दादागीरी गरेको आरोप लाग्यो । बौद्धीक बर्ग भनिएकाहरु ? ले समेत त्यसको बास्तविकता बुझ्ने प्रयास गरेनन ।
बैसाख १२ गते गएको भुकम्पको त्रासमा काठमाण्डौ बाट बाहिरीन चाहने यात्रुहरुको संख्या ठुलो थियो । भुकम्पका कारण सडक र सवारी साधनको अवस्था कस्तो छ भन्ने कसैले अनुमान लगाउन सकेको थिएन ।
काठमाण्डौमा रहेका हाम्रा मातहतका कर्मचारीहरु बसपार्कको काउण्टरमा बस्न सक्ने अवस्था थिएन । सवै आ आफ्नो घर फकिएका थिए भने काठमाण्डौमा रहेका हाम्रा सवारी साधनका चालक र परिचालकहरु पनि त्यस्तो त्रासको अवस्थामा काठमाण्डौमा यात्रु कुरेर बस्न सक्ने् अवस्थामा थिएनन । तिनका घर परिवारले हामीलाई दवाव दिई रहेका थिए । तर पनि काठमाण्डौमा रहेका सवारी साधनले भ्याए सम्म यात्रु लिएर बुटवल आई पुगेकै थिए ।
हो त्यस्तो भयावह अवस्थामा सवारी साधन नपाउदा काठमाण्डौमा केही अवसरवादीहरुले मौका छोपे यात्रुलाई बढी भाडा लिए त्यस्ता अवसरवादीहरु जुनसुकै पेशा र ब्यवसायमा छन भन्न हिचकिचाउन पर्ला जस्तो लाग्दैन । तिनलाई नियन्त्रण गर्ने संयन्त्र अन्यत्र ब्यस्त रहदा मौकामा फाईदा लिनेहरुलाई कार्वाहीको दायारामा ल्याउन सकिएन । त्यहा सवैको कमजोरी रह्यो ।
केहीको गुनासो आयो काठमाण्डँै बाट बुटवल सम्मको भाडा १५ सय सम्म लिईयो भनेर तर कसैले पनि यती नम्वरको गाडीले म संग बढी भाडा लियो भनेर हामी कहा उजुरी गरेन । मात्र फेसबुकमा तुच्छ गाली गरेको मात्र पाईयो । ति फेसवुके गालीलाई पनि स्वागत छ । तर त्यसको पनि हामी पर्दाफास गर्नु पर्छ भनेर अनुगमन ग¥र्यौ । केही पत्रकार मित्रहरु सहित गरीएको अनुगमनमा प्रष्ट भयो समस्या कहा रहेछ भनेर ।
अनुगमनमा नेपालगञ्ज जाने बसमा टिकट काटेका ३ जना यात्रुले बुटवल सम्मको भाडा ३६ सय रुपैया तिरेको पाईयो तर राजीखुसिले । बुटवल सम्म आउने बसमा सिट नपाईदा नेपालगञ्ज सम्मको टिकट काटेका कारण डिलक्स बसमा प्रतिब्यक्ति भाडा १२ सय रुपैया परेको रहेछ । अनुगमनमा पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, रासस प्रतिनिधी, नया पत्रिकाका प्रतिनिधी,नेपाल समाचार पत्रका प्रतिनिधी, लुम्विनी दैनिक,लुम्विीनी टेलिभिजनका प्रतिनिधी र संघका प्रेस सल्लाहकार सहीतको टोली सहभागी थियो । अनुगमनमा बुटवल र आसपास चल्ने कुनै सवारी साधनले नेपाल सरकारले तोककेको भन्दा बढी भाडा लिएको गुनासो पाईएको थिएन ।
बिनासकारी भुकम्पका कारण भएको क्षतीमा मल्हम लगाउन पर्छ भनेर हामीले बिगतमा मुलकलाई अप््ठारो पर्दा गरेको सहयोगको निरन्तरता दिदै ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दिने घोषणा गरयौ ।ं पछि ब्यवसायीहरुले स्तस्फुर्त ढंगले संघमा ल्याएर रकम थप गरी दिनु भयो अहिले संघमा प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी एघार लाख भन्दा बढी रकम जम्मा भएको छ । ब्यवसायीहरुले स्वेच्छाले थपने क्रम जारी रहेको छ ।
हाम्रो राहतको घोषणा संगै पश्चिम नेपालले राहत रकम भन्दा पनि काठमाण्डौमा अलपत्रहरुलाई गन्तब्यमा पुर्याउनु उपयुक्त हुन्छ भन्ने धेरै बुटवलवासीको सुझाव आयो । हामीले त्यस बारे मन्थन गर्यौ । भुकम्पमा परेर बेखर्ची भएकालाई निशुल्क ल्याउने जो त्रासका कारण मात्र काठमाण्डौ छोडन चाहन्छ त्यसलाई राज्यले तोकेकै भाडामा यात्रा गराउने ।
सवारी चालक, परिचालकहरु काठमाण्डौ जान डराईरहेको अवस्था थियो । घर परिवारवाट समेत उनिहरुलाई काठमाण्डौ नजान दवाव थियो । सवारीधनीहरु पनी यस्तोमा उनिहरुलाई गाडी चलाउन दवाव दिन सक्ने अवस्थामा थिएनन । काठमाण्डौ तर्फ जाने यात्रु पाईदैन थियो खाली गाडी काठमाण्डौ लैजादा ब्यवसायी घाटामा जाने निश्चीत थियो ।
हामीले संस्थागत निर्णय गरेर बिना ट्रिपशुल्क काठमाण्डौ गाडी पठाएर थोरै भए पनि ब्यवसायीलाई राहत दियौं जसले ब्यवसायीलाई काठमाण्डौ जान प्रेरीत गरोस भनने थियो । हामीले ति गाडी काठमाण्डौ जादाको बखत भएको दुर्घटनाको क्षती संघले ब्यहोर्ने गरी गाडीधनीहरुलाई काठमाण्डौमा उद्दार कार्यमा लाग्न आग्रह गर्यौं । तर त्रासको अन्त्य हुन नसकेको हुदा काठमाण्डौ जान कोही तयार नभए पछि अध्यक्ष म आफै लगायतका पदाधिकारीहरु र सिंगो कार्य समिती २५३ वटा वस लिएर काठमाण्डौ गयौं, यो क्रम थप ३ दिन चल्यो । जसबाट संघले थप करिव ६ लाख रुपैया ब्यय भार ब्यहो¥यो ।
हामीले यो सेवासंगै केही यातायात ब्यवसायी संस्थाहरुले निःशूल्क यात्रा व्यवस्था मिलाउदै छौ भनेर प्रचारवाजी गरे तर तिनले सेवा दिए दिएनन भनेर कसैले अनुगमन गरेनन तिनकै प्रचारवाजीलाई पत्याए । तर हामीले सरकारले कायम गरेको भाडामा यात्रुलाई सेवा दिदा पनि रक्तदान जस्तो सामाजिक कार्यमा समेत भत्तामाग्ने केही फेसबुकेहरुले यो सेवा की ब्यवसाय ? भनेर प्रश्न उठाएको देख्दा टिठ पनि लाग्यो । महंगो डिजलमा काठमाण्डौ गाडी पुरयाएर फर्कदा कति खर्च हुन्छ र एक तर्फिमात्र यात्रु बोकदा कति फाईदा होला भन्ने सम्मा अनुमान गरिएन । केवल आफ्नो चरित्र प्रस्तुत गरियो ।
अहिले फेरी ई रिक्साको नाममा हामीलाई बिवादमा मुछने प्रयत्न भएको छ । जो सुकैले ब्यवसाय सञ्चालन गरोस त्यो दिगो र सेवामुखी बनोस हाम्रो सुभकामना र सहयोग रहन्छ । तर कानुनी प्रक्रिया पुरा नगर्ने जर्वजस्ती गर्न खोज्ने, यात्रुलाई जोखिममा राख्ने चलिरेको ब्यवसायलाई बिस्थापित गर्ने योजनाका साथ कसैले आफुलाई उभ्याउन खोज्छ भने संघ चुप लागेर बस्ने कुरै आउदैन ।
हामी आज पनि फेरी भन्छौ बिधी सम्वत ब्यवसाय गर्ने अधिकार जो कसैलाई पनि छ तर ब्यवसाय सञ्चालनका नाममा यात्रुको सुरक्षा प्रति हेक्का नराख्ने ईन्जीनले चल्ने सवारी साधनलाई पनी दर्ता नगरी, सवारी चालक अनुमती पत्र नभएका ब्यक्तिलाई हाक्न दिने कार्य स्वीकार्य हुनै सक्दैन । एउटा स्वतन्त्र नागरीकको हिसावले पनि चुप लागेर बस्न सकिदैन । बिगत साछी छ सिद्धवावा मन्दिरबाट फर्किदा भएको दुर्घटनका पिडीत परिवारले क्षतीपुर्ती पाएका छैनन । बिमा र सवारी चालक अनुमती पत्र नभएका कारण मृतकका आफन्तलाई पिडा माथी पिडा थपिएको छ ।
पटक पटक दादागीरी गरेको कुरा उठने गरेको छ कहा छ दादागीरी ? के हो दादागीरी भनेको ? कसले गरेको छ दादागीरी ? पश्चिम नेपाल बस व्यवसायी संघले कहिले बाटो छेक्यो कुन कार्यालय जान दिएन ? । कसलाइ धम्क्यायो संस्थागत हिसावले कहा अवरोध गर्यो । बिना प्रमाण बिना आधार अरुलाई आरोप लगाउने कार्य कसैकालागी स्वीकार्य हुनै सक्दैन ।
बिमा नभएका,दर्ता नभएका,तथा सवारी चालक अनुमती पत्र नभएकाले सडकमा गुडाउने र कथंकथाचित दुर्घटना हुदा ठुला गाडीले ठक्कर दिएको हो तिर्नू पर्छ भन्दै नारावाजी गर्ने दाउ कुरेर बस्ने कार्यको अन्त्यका लागी पनि हामी यस बिषयमा सचेत छौ सजग छौ । त्यति मात्र होईन आफ्नो दायित्व, जिम्मेवारी तथा अधिकार बिर्सेर अनावश्यक लान्छाना लगाउने र आम सर्वसाधारणमा भ्रम छर्ने कार्य उपयुक्त र स्वीकार्य हुन सक्दैन बास्तविकतामा जान सक्नु पर्छ ।
लेखक ः पश्चिम नेपाल बस व्यवसायी संघ अध्यक्ष हुन