मिना ढकाल–
बुटवल ।
नेपालीमा एउटा उखानै छ – छिटो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ । दुर्घटनाबाट सचेत बनाउनका लागि यो उखान बढी प्रयोगमा आउँछ । ट्राफिक क्षेत्रमा बढी प्रयोगमा ल्याइएपनि यो उखानलाई जीवनमै प्रयोग गर्ने भने कमै भेटिन्छन् । तर यस्ता चालकहरु पनि भेटिएका छन् जो लामो समयदेखि गाडी चलाउदै आएको भएपनि दुर्घटनामा परेका छैनन् । उनिहरुको यस उखानलाई मन्त्र सम्झिदै होशियारीलाई पनि सँगसँगै जोड्ने गर्दछन् । यस उखानको मर्मलाई बुझेर गाडी गुडाए दुर्घटना हुनबाट जोगिने ति चालकहरुको भनाई छ । चालकहरु भन्छन्– सवारी साधन चलाउँदा सिमित गति, नियन्त्रित अवस्था, जिम्मेवारीपुर्ण भुमिका र चलाखीपनलाई ध्यान दिए दुर्घटनाबाट बच्न सकिन्छ । यात्रु तथा सवारी साधन गन्तब्यमा पुराउँन सकिन्छ ।
तिनै चालकमध्येका एक हुन ढकेश्वर धिकारी । उनले झण्डै २५ बर्षदेखि हेभि गाडी चलाउँदै आएका छन् । ५१ बर्षिय चालक ढकेश्वर अधिकारी भन्छन – सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने मुख्य कुरा नै आप्mनो कामप्रति जिम्मेबारीपन, ईमान्दारीता र होसियारीपन हो । होसियारी पुर्वक चलाउनुस कुनै समस्या छैन तर थोरै लापरवाहीले ठुलो दुर्घटना हुन सक्छ । धेरै धनजनको क्षति हुन पनि सक्छ । पछि पछुताएर केही केही पाउन सकिन्न । उनि थप्छन – जसले आफु र यात्रुलाई सकुशल गन्तब्यमा पुराउँछन तिनिहरु नै राम्रा र सफल चालक हुन ।
उनले बिगत २० बर्षदेखि भैरहवा काठमाडौं रात्री बस चलाउँदै आएका छन् । पश्चिम नेपाल बस व्यवशायी संघका अनुसार अधिकारी एकपटक पनि दुर्घटना नगराउने असल चालक भनेर चिनिन्छन् । दुई दशकसम्म रात्रीबस चलाउँदा दुर्घटना भन्ने कस्तो हुन्छ भन्ने महसुश नगरेका उनि पश्चिम नेपाल बस संघ अन्तर्गत झण्डै २४ सय बसका चालकहरु मध्ये टप दश भित्र पर्छन ।
घरबाट निस्कदा श्रीमतीले भनेको बोली सम्झँदै, जिम्मेवारी महसुश गर्दै गाडीको स्टेरिङ्ग समाउँछु, त्यसले मलाई सावधानी गराउँछ । उनि भन्छन – मलाई कसैको डरचिन्ता छैन, छ त केवल आत्मविश्वासको । सवारी साधन चलाउदा कसैको करकाप वा आग्रहले होइन दिमागले काम गर्नु पर्दछ । दुर्घटना नगराउने चालक भनेर कसैकसैले जिस्काउने गरेको पनि उनि बताउँछन । रात्रीको समयमा सवारी चलाउदा निकै चनाखो हुनु पर्ने बताउने अधिकारीको भनाई छ । एउटा असल चालक बन्नका लागि उसको स्वास्थ्य अवस्था पनि मुख्य रहेको उनि बताउछन् । त्यसका लागि खानपान र आराममा ध्यान दिनुपर्ने उनको भनाई छ ।
गाडी चलाउन जानुअघि श्ुारुमा सवारी साधनको अवस्था चेकजाँच गर्ने, झयाल ढोका छत सबैतिर ख्याल गर्नु, सकभर होडबाजीमा ओभरट्याक नगर्ने, सडकको अघिपछि दाँया बाँया हेरेर सवारी चलाउनुपर्ने उनी बताउँछन् । यसका साथै आबेग र रिसलाई नियन्त्रणमा राख्ने, सवारी साधनको लापर्वाही नगर्ने, सवारी गन्तव्यमा नपुराउँदासम्म मदिरापान नगर्ने, सकेसम्म धुम्रपान नगर्ने, मोवाइल फोन प्रयोग गर्दा रोकेर वा चनाखो भै ख्याल गर्ने नै चालकको कर्तव्य भएको उनि बताउछन् ।
बि.सं २०३५ सालदेखि निरन्तर ड्राईभिङ्ग पेशामा संग्लग्न ५८ वर्षिय शेरबहादुर घर्ती ३६ वर्ष देखि ड्राइभिङ्ग पेशा गरिरहेको बताउँछन् । उमेर र काम दुबैले पाका बनेका घर्ति गाडीलाईनको जिवनमा पहिलो पल्ट ४ वर्ष हेल्फर भै काम गरेका थिए भने पछि १५÷१६ वर्ष ट्रक ड्राइभर भएर काम गरेका थिए । पाल्पा जिल्ला घरभई हाल बुटवल दिपनगर बस्ने घर्ति बुटवल देखि गुल्मी वुर्तिवाङ्ग सम्मको सडकमा बिगत २० वर्षदेखि अबिछिन्न रुपमा रात्रीबस ड्राइभरको भुमिका निर्वाह गरिरहेका छन् । उनि भन्छन– मुख्य कुरा सवारी साधन चलाउँदा चालकमा आत्मबिश्वास, होसियारीपन र चलाखीपन हुनु जरुरी हुन्छ । गाडीभित्र भएका यात्रुलाई गन्तब्यमा नपुराएसम्म जिम्मेवार भएर आफुलाई अभिभावक ठानेर आफ्नै परिवारका सदस्य सरह सम्झिनु पर्छ । आफु र आफ्नो परिवार ठानेर अघि बढ्दा उनिहरुप्रतिको जिम्मेबारी पन आफै बढेर आउँछ । बुटवल देखि गुल्मी सम्मको करिब १ सय ५६ किलोमिटर सडक पहिलो पटक जाने जो कोहीको पनि त्यो कच्ची सडक र नदि किनारको भिर सम्झदा पनि आङ्गै जिरिङ्ग हुन्छ । तर आफु २० वर्षदेखि यो सडकमा रात्रीवस गुडाएको बताउछन् । कच्ची, साँघुरो र भिरको बाटो रात्रीबस चलाउदा समस्याहरु नआउने होइन तर समस्या परेपनि धर्यताकासाथ त्यो पार गर्नुपर्छ उनको भनाई छ ।
नेपालमा चालक पेशालाई त्यति राम्रोसँग हेरिएको पाइँदैन । सरकारले यति वर्षसम्म एउटापनि दुर्घटना नगराई सवारी चलाउने काम गरेका चालकहरुलाई अहिलेसम्म केहि सेवा र सुविधाको व्यवस्था गरेको छैन तर सरकारी तहमा निति निर्माण भएमा सबै चालक सजग र सचेत भएर सवारी चलाउने थिए भन्ने कतिपय चालकहरुको धारणा छ । उनिहरु थप्छन–तर यहाँ राम्रो चलाउने र नराम्रो चलाउनेमा कुनै भिन्नता छैन । सबैको सुबिधा एउटै प्रकारको हुन्छ । दुर्घटना नगराउने चालकहरुले जनधनको क्षति पनि गराउँदैनन् । त्यसैले राज्यले उनिहरुको बारेमा गम्भिर भएर सोंच्नु पर्ने बताउछन् । पछिल्लो पटक पश्चिम नेपाल बस व्यवसायी संघले प्रदान गरेको प्रशिक्षणले पनि थोरै मात्रमा भएपनि दुर्घटना न्यूनिकरण गरेको उनको भनाई छ ।
अर्घाखाँची घरभै हाल बुटवल नयाँगाँउ नमराज पौडेलले सानो र ठुलो गरि गाडी करिब २० वर्ष सवारी साधन चलाइसकेका छन् । शिक्षाको हिसावले एसएलसीसम्म अध्ययन गरेका उनले आफुले उच्च शिक्षा हासिल गर्न नपाएपनि आफ्ना छोराछोरीलाई भने राम्रै पढाएका छन् । लामो समयसम्म अर्घाखाँची काठमाडौं रुटमा रात्रीबस चलाएका उनि दुर्घटना रोक्नका लागि पहिले चालकको अवस्था नै ठिक हुनुपर्ने, घरपरिवारको व्यवहार, ट्राफिक प्रहरीको व्यवहार साथै बसमा सवार यात्रुको समेत व्यवहारका कारण पनि दुर्घटना हुने उनको भनाई छ । दोस्रो लामो दुरी को यात्रा गर्दा सकभर क्याबिनमा लेडिज यात्रु नराख्ने, सवारी चलाउँदा रक्सि सेवन नगर्ने र आफ्नो जिम्मामा रहेका यात्रु र आफनो विषयमा सोंचेमा दुर्घटना रोक्न सकिन्छ भन्ने उनको भनाई छ । यसका अलवा बाटो र मोडको विषयमा पनि ज्ञान हुनु आवश्यक रहेको उनि बताउँछन् ।
पहिले गाडी चालकहरुको सबैतिर इज्जत हुने भएपनि आजभोली समय परिवर्तन हुँदा चालकलाई हेर्ने दृष्टिकोण पनि फरक रहेको बताउँछन् । बाटो बाटोमा चालकलाई थर्काउने, पिट्ने, इष्र्याको भावना राख्ने आदिका कारण पनि पेशामा बितृष्णा फैलिएको पौडेल बताउँछन । उनि भन्छन –अरु काम गरेको भए सरकारी सेवा र सुविधा मिल्ने, सम्मान पाउन सकिने, समाजमा ड्राइभर त हो नि जस्तो हेलित व्यवहार खेप्न पर्ने थिएन । खुशीको कुरा त के छ भने यसरी संर्घष गदै आएका पौडेल आफै सवारी धनि तथा स्वरोजगार मजदुर हुन । उनि थप्छन– गाडी लाईनमा संर्घष गरियो पूर्व देखि पश्चिम उत्तर देखि दक्षिण सबैतिर घुमियो, यसरी हेर्दा आफु जस्तो भाग्यमानी कोही छैन जस्तो पनि लाग्छ आज, तर आफ्नो पेशालाई अरुले गलत अर्थ लगाउँदा भने नराम्रो लाग्छ ।
बुटवल ६ आर्दशनगर बस्ने पूर्णबहादुर पौडेल (प्रकाश) ले २०४२ साल देखि निरन्तर बस चलाई रहेका छन् । चालकले लापवाही नगरी राम्रो गरि चलाएका दुर्घटना रोकन सकिने बताउछन् । भैरहवा काडमाण्डौं रात्री र बुटवल काठमाण्डौं दिल्ली सेवा समेत दिइरहेका छन् । नेपाल र भारत दुबै देशको अनुभवमा उनि भन्दछन् भारतमा सडकको व्यवस्थापन राम्रो भएको हुदाँ चलाउन सजिलो हुने बताउछन् । यदि चालक सजग र सचेत भएर सवारी साधन चलाउन सकेमा पनि दुर्घटना न्यूनिकरण गर्न सकिने बताउछन् । घरबाट हिड्ने समयमा भगवानको नाम लिदै गनत्व्यमा राम्रोसँग पुगेर आउ भन्दै हिड्ने बताउछन् ।
त्यस्तै अर्का असल चालक हुन मालुंगा ६ राम्दी स्याङ्गजा घर भएका एकबहादुर खड्का । २०२५ सालमा जन्मिएका खड्का २०४७ साल देखि निरन्तर बस चलाउदै आएका छन् । लामो समय सडकमै विताएका उनि चालक आफै सचेत बन्नु पर्ने बताउदै मोड तथाबाटोको अवस्थामा ज्ञानहुनु आवश्यक रहेको बताउछन् । यात्रामा हिड्नु अघि आफ्नो सवारी साधनको इन्जिन चेक गर्ने, पाटपुर्जा कस्तो अवस्थामा छ भनि सबै चेक गरेर मात्र यात्रामा निस्कनु पर्ने बताउछनु कहिले काहि सवारी साधन खराबीका कारण पनि दुर्घटना हुने हुदाँ सवारीलाई चालुअवस्थामा राखनु पर्ने बताउछन् । अहिले सम्म उनि लामो रुट अर्थात नेपालगञ्ज , काठमाण्डौं, सुर्खेत काठमाण्डौं, पोखरा नेपालगञ्ज हुदै हाल बुटवल स्याङ्गजा पोखरा लु १ ख ६०१५ नं को दिवा वस चलाउदै आएका छन् । उनका अनुसार चालकले अनुसाशनमा रहेर मदिरा तथा अन्य लागुपर्दाथ सेवन नगरि लापरवाही नगरी सवारी चलाएको खण्डमा दुर्घटनालाई रोकन सकिन्छ ।
कपिलवस्तु वाणगंगा नगरपालिका १५ बस्ने गिरीराज पोख्रेल यातायातको क्षेत्रमा २०५७ सालबाट प्रवेश गरेका हुन । ट्र«कबाट आफ्नो यात्रा शुरु गरेका पोख्रेल अर्घाखाची काडमाण्डौं रात्री सेवा संचालन गरिरहेका छन् । लु १ ख ७४४८ नं रात्री बस चलाई रहेका उनि भन्छन् — पहिलो त आफै असल बन्नु पर्छ अरु असल देख्नको लागि आफैबाट शुरुवात गर्नुपर्ने बताउदै अझै पनि मानिसहरुमा चालक परिचालकलाई हेर्ने दृष्टिकोण पूर्णरुपमा परिवर्तन भैनसकेको बताउछन् । साथै मानिसहरुमा सडक के हो? र के लागि भन्ने चेतना अझै विकसित नभएको अवस्था छ । पशु चौपायाँ देखि लिएर अन्नपात समेत सडकमा सुकाउने हाम्रो समाज विकासको हिसावले निकै पछि रहेको बताउछन् । सवारी साधनको काम कतव्र्य तथा ट्राफिक नियम जानेका हाम्रो समाजमा २० प्रतिशत मात्रै छन् बाकी ८० प्रतिशतलाई बुझाउनै बाकी रहेको उनि बताउछन् । यातयातको साधन संचालन गरि रहदा प्रशासनको फरक फरक नियम ,विभिन्न राजनैतिक दल तथा केही बदमास यु्वाहरुको आखाँको तगारो नै सवारी साधन र हामी चालक हुनुपरेको पोख्रेल बताउछन् । जब सम्म सार्वजनिक यातयात सबैको हो भन्ने मान्यताको विकास हुदैन तब सम्म यातयात क्षेत्रको विकास हुन नसकने उनको ठोकुवा छ । शिक्षा, स्वास्थ्य र यातयात अत्यावश्यक बस्तु भएकोहुदा यसलाई सकरात्मक दृष्टिले हेनुपर्छ भन्ने उनको जोडदार माग रहेको छ । उनले करिब २५ वर्ष भन्दा बढी यातयातको क्षेत्रमा काम गरिसकेका छन् ।
बुटवल ७ राधाकृष्ण टोल निवासि रामबहादुर श्रेष्ठ २०३२ साल देखि यातयात क्षेत्रमा काम गरिरहेका छन् हाल बुटवल भैरहवा माइक्रो बस गुडाई रहेका श्रेष्ठ मानिसहरुको लापवाहीका कारण दुर्घटना हुने बताउछन् । दिन प्रतिदिन थपिदै गएका विभिन्न सवारी साधनहरुका कारण बाटो निकै व्यस्त बनेको छ । जस्का कारण तछाडमछाड हुदाा बढी दुर्घटना हुने उनको भनाई छ । त्यसका अलवा यात्रु, पशुचौपाया, सडक,आदिका कारण दुर्घटना हुने उनको भनाई छ । श्रेष्ठका अनुसार यदि यातयात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने हो भने लाइसेन्स् वितरण गर्दा नै कडाई गरिनु पर्ने बताउछन् । साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुमा सवारी दुर्घटना र ट्राफिक नियम समबन्धि जनचेतना फैलाउनु पर्ने बताउछन् ।
अहिले सम्मको रेकर्डमा खाशै धेरै संख्यामा असल चालक नभेटिएको भएपनि करिब २४ सय सवारी साधन भएको पश्चिम नेपाल बस व्यवसायी समितिमा एक दर्जन मात्र यस्ता हिरो चालक छन् । संघको रेकर्ड अनुसार दुर्घटना नगराई हिरो हुने ति चालकहरुमा गुनबहादुर बुढाथोकी, गोपाल गिरी, एकबहादुर खड्का, पूर्णबहादुर पौडेल, रामकुमार श्रेष्ठ, गिरीराज पाख्रेल, विश्वजित खाती, मोहन बहादुर राना, चन्द्रबहादुर थापा, जुद्धबहादुर कार्की मात्र छन् ।
शेरबहादुर, नमराज र जुद्धबहादुर कार्कीले आफ्नो ईमान्दारीको फलस्वरुप आफुलाई स्वरोगार ब्यबसायि बन्न सफल भएका छ । आज उनिहरुको आफ्नै बस छ भन्दा गर्व लाग्छ । यस्तै गुन बहादुर बुढाथोकी र पुर्णबहादुर पौडेल लगाएतले भने सवारी चलाउन छोडिसकेका छन । बर्षौंसम्म सुरक्षित सवारी संचालन गरेका यिनिहरु सबैले बेवास्ता गरेपछि पलाएन भएका हुन ।
ति चालकहरुका अनुसार बस समिति तथा राज्यले लामो समयसम्म सवारी साधन चलाउदा दुर्घटनाको नगरेको कुनै मुल्य र मान्यता नै भएको पाइदैन । यि चालकहरुको हौसला बढाउन सकेमा हाल चलाई रहेका चालकहरु र भविष्यमा आउने नयाँ चालकहरुको लागि पनि प्रोत्साहन र प्रेरणा हुने थियो । यसरी पेशाप्रति इमान्दारिता कायम राख्ने इमानदार, लगनशिल र कर्तब्यनिष्ट सवारी चालकहरुको कतैपनि व्यवस्थित रुपमा रेकर्ड भेटिंदैन ।
पश्चिम नेपाल बस ब्यबसायी संघका अध्यक्ष दधिराम खरेलका अनुसार लामो समयसम्म दिवा, रात्री छोटो तथा लामो दुरीमा सवारी साधन चलाएर दुर्घटना नगर्ने र नगराउने चालकहरुको संख्या ज्यादै न्यून रहेका छन् । हुन त एउटा सकारात्मक सन्देश प्रवाह होस भनेर सवारी साधन चलाउँदा दुर्घटना नगराई अनुसाशन पुर्वक २० बर्षभन्दा बढि गाडी चलाएका चालकलाई बेलाबेलामा संघले उनिहरुको सम्मानका लागि पुरस्कृत गर्ने गरेको छ । यसरी लामो समयसम्म सवारी साधन चलाएर अनुशासन इमान्दारिताका साथ काम गर्ने र आफ्नो जम्मेवारी पुरा गरि पुरस्कृत र सम्मानित हुने चालकहरुको संख्या निकै कम रहेको छ ।
खरेलका अनुसार १५ देखि २५ वर्ष भन्दा माथी सवारी साधन चलाएका चालकहरुको जीवनयापनका लागि अब संस्थाले छिटै नयाँ योजना ल्याउन लागेको बताएका छन् । जसमा श्रमको सम्मान गरौं भन्ने अभियान शुरुगर्ने र कुनैपनि राजनिति भन्दा माथी उठेर संस्थाको हितमा काम गर्ने र आफ्नो वयस्क जीवन विताउने हरुलाई संस्थाले कदर गर्दै यो काम गर्न लागेको भनाई छ । लामोसमय सम्म सवारी साधन चलाएका चालकहरु छन् तिनीहरुको जीवनयापका लागि अब नयाँ ढंगले सोच्नुपर्ने योजना ल्याउने तयारी भैरहेको बताएका छन् ।
आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण अभियान अर्थात दुर्घटना न्यूनिकरण गर्नका लागि चालक परिचालक र सहचालकको लागि दिइएको तालिमबाट पछिल्लो समयमा भने दुर्घटनामा कमी आएको देखिएको पश्चिम नेपाल बस व्यवसायी संघका सचिव तथा आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण अभियानका संयोजक रामचन्द्र भुसालले जानकारी दिए । अहिले सम्म ७ हजार बढीले यो तालिम लिइसकेको बताउदै समितिले २०६६ साल देखि निरन्तर यो प्रशिक्षण दिएको बताएका छन् । जस्का कारण पनि पछिल्लो समयमा दुर्घटनामा कमी आएको हो ।
यसरी हेर्दा एक वर्ष अर्थात ०७१÷०७२ मा साना र ठुला ७ सय २ दर्घटना भएका छन् , जस्मा ३ जना मजदुर, ३६ जना यात्री तेस्रो पक्ष, १० जना बसमा सवार यात्रु र ९८ वटा पशु चौपाया मारिएका छन् । यो वर्ष अर्थात ०७२ जेठ देखि मंसिर २९ सम्म हेर्दा ३७ जनाको ज्यान गएको छ । एक वर्षमा सामान्य १२ हजार निवेदन पर्ने गरेकोमा २० प्रतिशत गम्भिर प्रकृतिका, ६० प्रतिशत मध्यम र २० प्रतिशत सामान्य प्रकृतिका घटनाहरु ह्ुने गर्दछन् ।
घाईतेको हिसावमा हेर्दा एक वर्षमा करिब ८ सय घाइते भएको पाइएको छ । जस्मा गम्भिर प्रकृतिका ३० प्रतिशत, मध्यम ६० प्रतिशत, १० प्रतिशत सामान्य घाइते हुने गरेका छन् । जस्को दुबै आँखा वा दुबै हात, खुटटा नभएकालाई मृत्यू सहर मानिने र क्षतिूति दिइने दुर्घटना शाखाले जनाएको छ ।
(अहिले सम्मको रेकर्डमा खाशै धेरै संख्यामा असल चालक नभेटिएको भएपनि करिब २४ सय सवारी साधन भएको पश्चिम नेपाल बस व्यवसायी संघमा एक दर्जन मात्र यस्ता हिरो चालक छन् । संघको रेकर्ड अनुसार ति हिरो चालकहरुमा गुनबहादुर बुढाथोकी, गोपाल गिरी, एकबहादुर खड्का, पूर्णबहादुर पौडेल, रामबहादुर श्रेष्ठ, गिरीराज पाख्रेल, विश्वजित खाती, मोहन बहादुर राना, चन्द्रबहादुर थापा, जुद्धबहादुर कार्की मात्र छन् । )