बुटवल ९ कार्तिक
यातायात ब्यवसायीहरुको छाता संस्था पश्चिम नेपाल बस ब्यवसायी संघले यहि कार्तिक १९ गते बिहिवार बृहद रक्तदान कार्यक्रम गर्ने भएको छ ।
संघको सोमवार सम्पन्न कार्यसमिती बैठकले १९ गते रक्तदान गर्ने निर्णय गरेको बैठक पछि संघद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ । संघले रक्तदान कार्यक्रममा सहभागी हुन यातायात ब्यवसायी,यातायात मजदुर तथा सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।
राजधानी लगायत देशका बिभिन्न स्थानमा रगतको अभाव भईरहेको रगतको अभाव भएको समाचार प्रकाशित प्रशारित भए पछि संघले रक्तदान गर्ने सक्रियता देखाएको हो ।
संघमा महासचिव जिवन कुमार बन्जाडेद्धारा जारी बिज्ञप्तीमा देशको असहज परिस्थीतीका कारण यहि ३० गते गर्ने भनिएको संघको २२ औ साधारण सभा समेत अर्को निर्णय नभए सम्मका लागी स्थगीत गरीएको उल्लेख गरीएको छ ।
संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षतामा सम्पन्न बैठकले संघले बिशेष गरेर तराईमा उत्पन्न असहज परिस्थीतीका कारण देशका बिभिन्न क्षेत्रबाट सहभागी हुन आउने यातायात ब्यवसायीहरु सहभागी हुन नसक्ने परिस्थीती उत्पन्न भएकोले साधारण सभा सार्ने निर्णय गरीएको बिज्ञप्तीमा जनाईएको छ ।
यसका साथै बिज्ञप्तीमा लामो समय देखिको आन्दोलनले तराई क्षेत्र मात्र होईन समग्र देशको अर्थतन्त्र नै तहस नहस हुने अवस्था तर्फ उन्मुख भएको उल्लेख गर्दै बार्ताको माध्यमबाट समस्याको निकास खोज्न सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरीएको छ ।