बुटवल चैत्र ७
नेपाल लोकतान्त्रीक यातायात व्यवसायी राष्ट्रिय मञ्चको प्रथम लुम्बिनी अञ्चल तथा रुपन्देही जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
आईतवार बुटवलमा सम्पन्न भएको भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरिले राज्यले बिश्वाश गरि निजि क्षेत्रलाई यातायात क्षेत्रको जिम्मा सुम्पेकोले व्यवसायीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहांले बिषम परिस्थितिमा पनि व्यवसायीले राज्यलाई सहयोग गरेर नाकाबन्दीमा उदाहरणीय कार्य देखाएको भन्दै राज्यले पनि व्यवसायीलाई संरक्षण गर्ने निति ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रीक यातायात व्यवसायी राष्ट्रिय मञ्च लुम्बिनीका अध्यक्ष नारायण प्रसाद घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बर्षभरि गरेका गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल लोकतान्त्रीक यातायात व्यवसायी राष्ट्रिय मञ्चका अध्यक्ष कृष्ण अधिकारी, उपाध्यक्ष्ँ दिपक अधिकारी, महासचिव डेगनाथ गौतम, कोषाध्यक्ष्ँ हेमन्त शेरचन, नेकपा एमाले अञ्चल कार्यालय सचिव गोपाल भट्टराई, नेकपा एमालेका रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष शिव सुवेदी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य जिवन कुमार बञ्जाडे, पश्चिम नेपाल बस व्यवसायी संघका पूर्व अध्यक्ष्ँहरु सुर्य बहादुर भट्टराई, तुल्सीराम बञ्जाडे, एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केशी लगायतले बोल्नुभएको थियो ।
केशवराज पन्थीको संचालनमा सम्पन्न भएको अधिवेशनले नयां कार्यसमिति चयन गरेको छ । अधिवेशनले नारायण प्रसाद घिमिरेको अध्यक्ष्ँमा लुम्बिनी अञ्चल कमिटी चयन गरेको छ । जसको उपाध्यक्ष्ँमा विष्णु प्रसाद पौडेल, सचिवमा केशवराज पन्थी, सहसचिवमा योगेन्द्र खड्का, कोषाध्यक्ष्ँमा गुणदेव कुवंरलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा चक्रबहादुर कुवंर, राजन पोखरेल, विष्णु काफ्ले, यमप्रसाद पाण्डे, जिवन कुमार बञ्जाडे, दिनेश फुल्लेल, प्रेम बहादुर श्रेष्ठ र रचना भट्टराई लाई चयन गरेको हो । सोहि भेलाले केशवराज पन्थीको अध्यक्ष्ँतामा ११ सदस्यीय रुपन्देही जिल्ला कमिटी पनि गठन गरेको छ ।