प्रकाश आचार्य
बुटवल, मंसिर १९ । भारतको अघोषित नाकाबन्दीका कारण पर्याप्त बसहरु सञ्चालन नहु“दा पश्चिम नेपाल बस व्यवसायी संघलाई हालसम्म डेढ करोड नोक्सान भएको छ । नाकाबन्दीले इन्धन अभाव भई संघमा आबद्ध बसहरु पर्याप्त नचल्दा ७२ दिनको अवधिमा करिव एक करोड ४४ करोड नोक्सानी भएको संघले जनाएको छ । पश्चिम नेपाल बस व्यवसायी संघ मुलुककैं सबैभन्दा बढी बसहरु आवद्ध भएको संस्था हो ।
सामान्य अवस्थामा दैनिक संघमा आबद्ध एक हजार एक सय ३३ बसहरु मुलुकका विभिन्न भागमा चल्दै आएका थिए । यसबाट संघले ट्रिप शुल्कबापत दैनिक झण्डै दुई लाख रुपैया“ संकलन गर्दथ्यो । ‘इन्धन अभावले बसहरु चल्न नसक्दा त्यसको असर संघको आम्दानीमा देखिएको हो ।’ संघका अध्यक्ष दधिराम खरेलले भने । उनकाअनुसार अहिले संघका आबद्ध दिवा र रात्रीका बसहरु दैनिक तीन सय मात्र गुड्ने गरेका छन् ।
संघको वार्षिक बजेट ३२ करोडको हाराहारीमा हुने गर्दछ । यसरी नाकाबन्दीका कारण आम्दानी घट्दा बजेटअनुसारको काम हुन नसक्ने संघका पदाधिकारीहरु बताउ“छन् । आम्दानीमा ठूलो धक्का लागेकाले कर्मचारीलाई तलब खुवाउन, व्यवसायीलाई क्षतिपूर्ति दिन समस्या हुने उनीहरुले बताए । संघमा आवद्ध बसहरु मुलुकका प्रायः सबै भागमा गुड्ने गर्दछन् ।
संघले एउटा स्टेशनबाट गाडी छुटाउ“दा एक जना व्यक्ति बराबरको आतेजाते भाडा ट्रिप शुल्क स्वरुप लने गर्छ । संघका अध्यक्ष खरेलले नाकाबन्दीबाट सबैभन्दा बढी समस्यामा यातायात मजदुर र व्यवसायी परेको बताए । ‘यातायात व्यवसायीहरुले पनि दैनिक लाखौं रुपैया“ नोक्सानी व्यहोर्न बाध्य छन् ।’ खरेलले भने,‘संघलाई पनि दैनिक दुई लाख नोक्सान भैरहेको छ ।’
इन्धनको चरम अभाव हु“दा पनि व्यवसायीहरु सेवाको भावनाले कालोबजारीको इन्धन किनेर भए पनि सवारीसाधन चलाइरहेको अध्यक्ष खरेलको भनाइ छ । संघमा अहिले करिब दुई हजार चार सय भन्दा बढी गाडी आबद्ध छन् । संघका महासचिव जीवनकुमार बञ्जाडेले जस्तोसुकै अफ्टयारो परिस्थिति आए पनि गाडी भाडा नबढाइने बताए । ‘देशका अन्य केही व्यवसायीले भाडा बढाउन दबाब दिइरहेका छन् ।’ उनले भने, ‘अहिले राज्य असहज परिस्थितिमा छ । यस्तो अवस्थामा संघले भाडादर बढाउ“दैन ।’
संघ अन्र्तगत् सञ्चालन हुने गाडीको लागि दैनिक ५० हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत् जम्मा ९ हजार ५ सय लिटर मात्र पाइने गरेको उनले जानकारी दिए । महासचिव बञ्जाडेले भने, ‘८५ प्रतिशत व्यवसायीहरुले कालोबजारीबाट दोब्बर मूल्यको इन्धन खरिद गरेर साविककै भाडादरमा गाडी सञ्चालन गरेका छन् ।’
संघका वरिष्ठ उपाध्यक्षले नारायणप्रसाद घिमिरेले गाडी धनी तथा मजदुर नाकाबन्दीबाट बेरोजगार हु“दा बैंक तथा वित्तीय संस्थाबाट निकालेको लोन समेत तिर्न नसक्ने अवस्था पुगेको बताए । उनले अफ्टयारो अवस्थामा पनि व्यवसायीले भाडा वृद्धि नगरी गाडी चलाएको भन्दै राज्यले व्यवसायीको बैंक व्याज मिनाहा गरिदिनुपर्ने बताए । सवारी चले अनुसार ज्याला तथा भत्ता मात्र पाउने मजदुरहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या भएको उनले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विगत केही दिनयता भारतबाट इन्धनका गाडी नेपाल भित्रिन नसकेको भन्दै सार्वजनिक गाडीलाई दि“दै आएको इन्धन वितरण असहज हुन सक्ने बताएको छ । विगत एक साता यता सुनौली नाकाबाट कुनै पनि इन्धनका गाडी भित्रिन सकेका छन् । एक सय १० दिनदेखि तराईमा जारी आन्दोलन र ७२ दिनको भारतीय नाकाबन्दीले मुलुकको समग्र क्षेत्र अस्तव्यस्त भएको छ ।