नवलपरासी, कात्तिक १२ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुलीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । देवचुली–२ मा बिहीबार बिहान ना ४ ख७७१५ नम्बरको बस अनियन्त्रित भइ कल्भर्डमा ठोक्किँदा १० जना यात्रु घाइते भएका हुन् ।
सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको बस तीब्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
घाइते मध्ये दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु रहेकोमा अरु भने सामान्य रहेको र उनीहरुलाई अर्को गाडीको व्यवस्था गरेर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।