कृष्ण खनाल
बुटवल, १७ पुस ।
रुपन्देहीको सबैभन्दा बढि सडक दुर्घटना भैरहने क्षेत्रको रुपमा चिनीएको देवदहमा ईमेरजन्सी रेस्क्यु युनिट स्थापना हुने भएको छ ।
सुरक्षित यात्रा अभियान नेपालले दुर्घटना पश्चात समयमा उद्धार र उपचार नपाउदै धेरैको ज्यान गएको बिश्लेषण गर्दै उक्त क्षेत्रमा प्राथमिक उपचार सहितको उद्धार युनिट बनाउन लागेको हो ।
बिहिवार बुटवलमा आयोजित छलफल कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले उक्त युनिट स्थापना हुन लागेको जानकारी दिनु भयो ।
नेपाल अटो मोवाईल्स एशोसिएसन नासाको सहयोगमा स्थापना हुन लागेको उक्त ईमेरजन्सी रेस्क्यु युनिटबाट सडक र सवारी साधनका कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको कमी आउने बिश्वास पाण्डेले ब्यक्त गर्नु भयो ।
यस क्षेत्रका यातायात व्यवसायी संघ संस्थाहरुसंग आयोजना गरीएको छलफल कार्यक्रममा सहभागी सरोकारवाला तथा यातायात व्यवसायी संस्थाका अध्यक्षहरुले दुर्घटना पश्चात उत्पन्न हुने पिडादायी परिस्थीतीको अन्त्यका लागी ईमेरजन्सी रेस्क्यु युनिटले ठुलो सहयोग पुग्ने आशा जगाएको बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले समग्र यातायात क्ष्ँेत्रको सुधार हुन नसके दुर्घटनाका कारण ज्यान जाने अवस्थाको अन्त्य नहुने बताउदै सामुहिक प्रयत्नबाट मात्रै दुर्घटना न्युनिकरण गर्न सकिने बताउनु भयो । उहाले सवै दुर्घटनाको दोष व्यवसायी र मजदुर हरुलाई दिएर उम्कीने परिपाटिको अन्त्य हुन नसके दुर्घटना कम हुने आशा गर्ने नसकिने बताउनु भयो ।
उहाले दोषी माथी कार्वाही नहुने र कार्वाहीको सट्टा संघ संगठनका नाममा संरक्षण र प्रोत्साहन गर्ने परम्पराका कारण पनि यातायात क्षेत्रमा ज्यान जाने क्रम नरोकिएको बताउनु भयो ।
सडक र यातायातको सही व्यवस्थापनका लागी यातायात क्षेत्र संग सम्वन्धीत ऐन कानुनहरुको पुर्णपालना गर्ने तर्फ ध्यान जानु जरुरी रहेको खरेलले बताउनु भयो । अध्यक्ष खरेले दुर्घटनापछि उद्धार भन्दा पनि दुर्घटना नै हुन नदिनको लागि चालक लाई जिम्मेवार बनाउनु अवस्यक रहेको बताउदै चालक, मेकानिक्स तथा सडक प्रयोगकर्ताहरुलाई प्रशिक्षण गर्नु आवश्यक रहेको जिकीर गर्नु भयो ।
सिद्धार्थ यातायत व्यवसायी संघका अध्यक्ष सुर्यकुमार सारु मगरले प्रत्येक बर्ष दुर्घटना मृतकका परिवारलाई दिईने क्षतीपुर्ती र उपचारको लागि यातायात व्यवसायीहरुले अरवौ रुपैया खर्चिनु परेको बताउदै दुर्घटना न्युनिकरणको लागि पहिले सोच्नु पर्ने उल्लेख गर्नु भयो । उहाले सडक प्रयोगकर्ता पैदलयात्री, सरकारी निकाय, स्थानिय निकाय र अन्य व्यवसायीय संघ संस्थाले साझा अभियानको रुपमा सडक सुरक्षा अभियान सञ्चालन गर्नु आवस्यक रहेको बताउनु भयो ।
पश्चिमाञ्चल यातायता(ट्रक) व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले दुर्घटनाबाट हुने भौतिक क्षती बढी हुने भएपनि मानबिय क्षतीको मुल्यांकन गर्न नसकिने हुदा भौतीक क्षती आझेलमा पर्ने गरेको बताउनु भयो । उहाले पछिल्लो समय यातायात क्षेत्रले नसोचेको पिडा भोग्नु परेको बताउदै सधै व्यवसायीलाई दोष दिएरु उम्कीन खोज्ने निती निर्माताहरुको प्रवृतीका कारण समस्य समाधान हुन नसकेको बताउनु भयो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु)का उपाध्यक्ष जीवन अधिकारीले दुर्घटना न्युनिकरणका लागि नाटुले अटो मेकानिक्सहरुलाई तालिम प्रदान गर्दै आएको जानकारी दिदै गाडीको अवस्था वारे जानकारी लिन प्रत्येक दिन चेकअपको व्यवस्था हुनुहुपर्ने बताउनु भयो । कतिपय दुर्घटना गाडीको अवस्थाको कारण पनि हुने गरेको उल्लेख गर्दै निश्चित स्थानमा चेकचाज सेन्टरको स्थापना गरी गाडी चेक गरेर मात्र चलाउनुपर्ने व्यवस्था गरेमा दुर्घटनाका केही हदसम्म कमी आउने धारण व्यक्त गर्नु भयो ।
यता, नेपाल अटोमोवाईल्स एशोसियसन नेपाल(नासा)को केन्द्रीय महासचिव गोविन्द भट्राईले पछिल्लो समयमा गरिएको अध्यायन अनुसार दुर्घटनाबाट भन्दा पनि दुर्घटना पश्चात उचित समयमा उपचार नपाएर मानिसहरुको मृत्यु हुनेगरेको बताउदै सिघ्र्र उद्धार टोलीको आवश्यकता रहेको उल्लेख गर्नु भयो । नजिकै अस्पताल नभएको स्थानमा जुन सुकै समयमा जहिले पनि तयारी अवस्थामा रहने गरी उद्धार टोली र साधानको व्यवस्थापन हुन सकेमा दुर्घटना पश्चात हुने मानिसको मृत्यु दरमा कमी ल्याउन सकिने बिश्वास व्यक्त गर्नु भयो ।
एउटा मोटरसाईकल दुर्घटना हुदा ७१ लाख रुपैया सम्म खर्च भएको घटना नेपालमा भएको भन्दै सबैभन्दा उत्तम दुर्घटनाबाट कसरी बच्ने भन्न तर्फ लाग्नुपर्ने बताउनु भयो । भटराईले सबैभन्दा पहिला सडक सुरक्षा अधिकतम कसरी अपनाउने भन्नेमा ध्यान दिनु पर्ने उल्लेख गर्दे त्यसपछि मात्र दुर्घटना भईहाल्यो भने दुर्घटना पश्चात हुने मानिसको मृत्युदर घटाउने बारे सोच्नु पर्ने बताउनु भयो ।
यतायात मजदुर तथा व्यवसयायी भलाई कोषका अध्यक्ष नारायण प्रसाद भट्राईले दुर्घटनाबाट हुने क्षती अमुल्य हुने भन्दै यसको न्युनिकरणको लागि सबैको पहलमा आफ्नो एैक्यवबद्धता जारी रहने बताउनु भयो ।
सुरक्षित अभियान यात्रा नेपालका सचिव तथा पत्रकार दिनेश पाण्डेले नेपालमा प्रत्येक बर्ष २३ सय मानिसको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको पाइएकोले अकाल मृत्युबाट जोगाउनको लागि सबैको साझा अभियान जरुरी रहेको धारण ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नासको तर्फबाट सुरक्षित यात्रा अभियान नेपालद्धारा सञ्चालीत यात्रा खवर डटकमका लागी एक थान ल्यापटप हस्तान्तरण गरीएको थियो ।
सुरक्षित यात्रा अभियान नेपाल सडक र सवारी साधनका कारण कसैको पनि अकाल ज्यान जान नपाओस भन्ने उदेश्यले सचेतना अभियान सञ्चालन गर्न १५ बर्ष अघि रुपन्देहीमा स्थापीत संस्था हो ।