बिष्णु घिमिरे बुटवल १२ कात्तिक ।
सवारी दुर्घटनामा परी पश्चिमाञ्चल क्षेत्रमा पछिल्लो तीन महिनामा मात्रै १ सय ३० जनाको मृत्यु भएको तथ्याक बाहिर आएको छ । आर्थिक वर्ष ०७३।७४ को शुरु तीन महिना साउन, भदौ र असोज महिनामा पश्चिमाञ्चलमा २ सय १० वटा सवारी दुर्घटना भएका छन । पश्चिमाञ्चलमा आर्थिक वर्ष ०७२।७३ मा ८ सय ४६ वटा दुर्घटना भएका थिए भने ५ सय २० जनाको मृत्यु भएको थियो ।
सडक दुर्घटना एकातीर बढीरहेको छ अर्को तर्फ सवारी साधनको चाप पनि उत्तिकै बढीरहेको छ तर सडक निर्माण तथा विस्तारको गति सुस्त रहदा सडकहरु जोखमयुक्त बन्दै गएका छन । यस्तो अवस्थामा दुर्घटना न्यूनिकरणका लागि के के काम भएका छन त ? यसको खोजि गर्ने प्रयत्न गरीएको छ
चालकको खुट्टा र आखा जाच गरिने
दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस ब्यवसायी संघले अब बसका चालकहरुको आखा र खुट्टा चेकजाचको तयारी थालेको छ । कुनै कुनै दुर्घटना चालकका आखा तथा खुट्टा कमजोर भएर पनि हुने गरेको भन्दै चेकजाचको तयारी थालेको संघले जनाएको छ । ६।६ महिनामा नियमित चेकजाच गर्ने सोच बनाएको संघका अध्यक्ष दधिराम खरेलले बताए ।
चालकको स्वस्थ्य ठीक हुनुपर्छ भन्नेमा सचेत रहदै यस्तो सोच वनाएको उनले स्पष्ट पारे । कुनै कुनै दुर्घटना चालकमा चरिफाई हुने रोग भएका कारण पनि भएको पाइएको भन्दै ६ । ६ महिनामा चेकजाच गर्ने र कार्ड नविकरण गर्ने तयारी थालेको उनले बताए ।
बाटोका कारण झनै समस्या
सडक राम्रो नहुदा दुर्घटनाको जोखिम बढ्दो रहेको सरोकारवालाहरुको भनाई छ । पानीका ढल निकास नहुने, साघुरा सडकले दुर्घटना बढ्ने गरेको उनीहरुको भनाई छ । त्यस्तै सडक विस्तारका काम समयमै सम्पन्न नहुदा झनै समस्या हुने गरेको अनुभव उनीहरु सुनाउछन । खाल्टै खाल्टा र धुलोले गर्दा पनि दुर्घटना बढ्ने गरेको खरेलले बताए । त्यस्तै पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले सडक अतिक्रमणका कारण पनि दुर्घटना बढ्ने गरेको बताउछन । निर्माण सामाग्री सडकमा राख्ने परिपाटी रोक्नुपर्नेमा उनी जोड दिन्छन ।
दुर्घटना न्यूनिकरण गर्न लाखौ खर्च
सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न संघ सस्थाले लाखौ लगानी गरेको पाइएको छ । यातायात ब्यवसायीहरुका संघ सस्थाका अतिरिक्त अन्य संघ सस्थाले पनि लगानी गर्दै आएका छन । पश्चिम नेपाल बस ब्यवसायी संघले बार्षिक १० लाख रुपैया दुर्घटना न्यूनिकरणका लागि खर्च गर्दै आएको छ । त्यस्तै ट्रक समितिले पनि लाखौं खर्च गर्दै आएको छ भने सुरक्षित यात्रा अभियान नेपाल देखि विभिन्न संघ सस्थाहरु दुर्घटना न्यूनिकरणको अभियानमा सक्रिय छन ।
नेपालकै ठूलो बस ब्यवसायी संघ मध्येको एक पश्चिम नेपाल बस ब्यवसायी संघमा हाल २५ सयको हाराहारीमा बस रहेको र यात्रुलाई स्तरीय सेवा दिन संघ सधै लागि परेको महासचिव जीवनकुमार वञ्जाण्डेले बताएका छन । उनी दुर्घटना न्यूनिकरणमा संघले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउछन ।
लाइसेन्स हुदैमा पहाडमा सवारी चलाउन दिन्नौः खरेल
पहाडी क्षेत्रका सडकहरु बढी जोखिमपूर्ण भएका कारण सवारी सञ्चालनमा धेरै चनाखो रहेको बस ब्यवसायीहरुले बताउने गरेका छन । अध्यक्ष खरेल चालकले सवारी चालक अनुमति पत्र पाएकै आधारमा जोखियुक्त सडकमा सवारी चलाउन नदिने गरेको बताउछन । सघमा आवद्ध भएका बसहरु त्यस्ता चालकले चलाउन पाउदैनन उनले भने । उनले चालकहरुलाई चनाखो बनाउन संघले नियमित प्रशिक्षण देखि प्रोत्साहन देखि सजाय सम्म दिने गरेको बताउछन ।
जरिवानाले मात्रै दुर्घटना रोकिदैन
प्रहरीले सवारी साधन चेकजाच गर्ने र जरिवाना काट्ने गर्नाले मात्रै सवारी दुर्घटना नरोकिने ठहर बस ब्यवसायीहरुको छ । अध्यक्ष खरेल भन्छन यस विषयमा सरकारलाई बुझाउन सकिएन । दुर्घटना न्यूनिकरण गर्न सडक देखि यातायातका साधन ठीक हुनुपर्ने र चालक पनि परिपक्क हुनुपर्नेमा संघले जोड दिदै आएको छ । दुर्घटना न्यूनिकरणका लागि सरकारी तहबाट लगानी हुनुपर्ने ब्यावसायीहरुको माग छ । कम्तीमा सवारी साधनमा जरिवाना गरिएको रकम यसमा लगानी गरे दुर्घटना न्यूनिकरण गर्न टेवा पुग्ने उनीहरुको भनाइ छ ।
बन्दैछ रेस्कु सेण्टर
दुर्घटना न्यूनिकरणमा लागि पर्दै आएको सुरक्षित यात्रा अभियान नेपालले रेस्कू सेण्टरको निर्माण थालेको छ । रुपन्देहीको देवदहमा स्थापना गर्न लागिएको यस सेण्टरमा आवश्यक उपकरण देखि स्वस्थ्यकर्मीसहितको जनशक्ति रहने अभियानका महासचिव दिनेश पाण्डेले बताए । दुर्घटना पछि तत्काल उद्धार गर्न सकियोस भनेर सेण्टरको स्थापना गर्दै आएको उनले बताए । अभियानले दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कामहरु गर्दै आएको पाण्डेको भनाई छ ।
प्रहरीसग एक रुपैया पनि छैन
दैनिक सवारी दुघटना बढ्दो छ । सवारी दुर्घटनाबाट वार्षिक सयौले ज्यान गुमाउने गरेका छन भने हजारौ घाइते हुने गरेका छन । तर दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेल्ने ट्राफिक प्रहरीसग न त आवश्यक जनशक्ति छ न त बजेट नै । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारी दुर्घटना न्यूकरणका लागि भनेर एक रुपैया पनि बजेट नभएको बताउछन ।
के गर्दै छ ट्राफिक प्रहरी
रोड सेफ्टी क्यामेरा जडान, रिफ्रेस सेण्टरमा जाच
ट्राफिक प्रहरीसग दुर्घटना न्यूनिकरणका लागि एक रुपैया पनि बजेट नभएपनि विभिन्न क्षेत्रको सहयोगमा विभिन्न प्रयासहरु हुदै आएका छन । सडकमा रिफे्रस सेण्टरमा चालकलाई आराम गराउने देखि उनीहरुको ब्लड प्रेसर तथा तौल जाच गर्ने काम प्रहरीले गर्दै आएको छ । त्यस्तै छाडा चौपाय नियन्त्रणका लागि पनि काम भइरहेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
त्यस्तै उनले बुटवलमा रोड सेफ्टी क्यामेरा जडानको काम थालिएको बताए । ट्राफिक चोक, मिलन चोक, अस्पताल लाइनमा जडान गरिएको र चौराहा, तिनाउ पुल लगायतका स्थानमा पनि जडान गरिने उनले बताए । अष्टेलियामा वस्नेहरुको सहयोगमा क्यामेरा जडान थालिएको र १० लाख खर्च हुने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
नया पत्रिकाबाट