बुटवल असोज १०
पश्चिम नेपाल बस ब्यवसायी संघले एक बिज्ञप्ती प्रकाशित गरी बर्तमान असहज परिस्थीती प्रति सचेत र सजग रहन तथा कतिपनि बिचलीत नहुन सवैलाई अपिल गरेको छ ।
संघद्धारा जारी बिज्ञप्तीमा केहिदिन यता छिमेकी मुलुक भारतले गरेको अघोषीत नाकाबन्दीले सवैभन्दा बढी मार यातायात क्षेत्रमा परेको उल्लेख गर्दै जटिल परिस्थीतीलाई सहज बनाउन सरकारले लागु गरेको जोर बिजोर प्रणालीलाई सहर्ष स्वीकार गर्दै कार्यान्वयन गर्ने जनाएको छ ।
संघले नेपाल र नेपालीले संबिधान प्राप्त गरेको अवस्थामा खुशी हुनु पर्ने छिमेकी मुलुकले नेपालीलाई दुख दिने उदेश्यका साथ प्रस्तुत हुदा उत्पन्न भएको परिस्थितीको सामना गर्न एक जुटहुन समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष दधिराम खरेलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा स्थानीय रुटमा चल्ने सवारी साधनहरु जोर बिजोर आधारमा सञ्चालन गर्ने र लामो दुरीमा सञ्चालन हुने सवारी साधनहरु यात्रुको चापका आधारमा सञ्चालन हुने जनाउदै त्यसबाट सर्वसाधारणमा पर्न जाने असुबिधा प्रति दुख ब्यक्त गरेको छ ।
हिन्दुहरुको महान पर्व बिजया दशमी र दिपावलीको मुखैमा गरीएको नाकावन्दीले हरेक नेपालीको भावनामा चोट पुगेको उल्लेख गर्दैे राष्ट्रियता, स्वाधिनता र अखण्डताका लागी बिचलीत नहुन राज्यको नेतृत्वलाई समेत आग्रह गरीएको छ ।
हामी जस्तो सुकै परिस्थीतीको सामना गर्न सक्छौ तर स्वाभिमान गुमाउन सक्दैनौ बिज्ञप्तीमा अगाडी भनिएको छ । भारतले अपनाएको रवैयाले बिगत देखिको थिचोमिचो र बिभेदपुर्ण ब्यवहारको अन्त्य गर्ने अवसरको रुपमा समेत लिन आग्रह गर्दै परनिर्भर भई रहने मानसिकता र अवस्थाको अन्त्यका लागी श्रजनात्मक कार्यमा लाग्न आम नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुमा आग्रह गर्दछौ बिज्ञप्तीमा उल्लेख गरीएको छ ।