डा. धनपति कोइराला
राजनैतिक आन्दोलन, परिवर्तन र उपलब्धिहरुमा त नेपाल उपल्लो दर्जामा छ“दै छ । अत्यधिक सडक दुर्घटनाको नेप्से परिसूचक हेर्ने हो भने पनि नेपाल अब्बल श्रेणीमा नै पर्दछ । यति सानो मुलुकमा पनि यति उच्चदरमा दुर्घटना हुनु सा“च्चै नै चिन्ताको विषय हो तर यातायात व्यवसायीहरुको चक्का जाममय आन्दाृेलनलाई हेर्दा त्यो सरोकारवालाहरुको दिलदिमाग र मनमा त्यति गहिरिएर रहेको जस्तो लागेन । एउटा सर्वसाधरण नागरिक तथा मोटरसाइकल चालकको चश्माबाट हेर्दा सवारी चालक, यातायात व्यवसायी, राज्यका नीति निर्माताको अनदेखीपन तथा नीति निर्माण, ट्राफिक प्रहरी, भौगोलिक अवस्थिति, सडक र स्वयं नेपाली जनता नै यति उच्च दरमा दुर्घटना हुनमा कारक बनिरहेका छन् ।
चालकको कमजोरी भनेको सडकको अवस्था, यातायातका साधनहरुको चाप र प्रतिचापको आकलन नै नगरी अत्यधिक गतिमा सवारी चलाउनु हो । आपूmभन्दा अगाडि कुदिरहेका गाडीलाई उछिन्न विपरीत दिशाबाट गाडी आइरहे नरहेको वा कुनै रोकेर राखिए नराखिएको अवस्थाको विश्वसनीयता जा“च्दै नजा“ची ओभर टेक गर्नु पनि चालककै कमजोरी भित्र पर्दछ । साइकल यात्री र मोटर साइकल यात्रीलाई सवारी साधनमै गणना नगरी ओभरटेक गरेर आई उनीहरुलाई जोगिने अवसर नै नदिने परिस्थिति सृजना गर्नु, मादक पदार्थ सेवन गरी गाडी चलाउनु, आप्mनो सिट छेउ युवतीलाई राखेर उसस“ग इसारा गर्दै र गफ पनि गर्दै गाडी चलाउनु, सहचालक वा अन्यकुनै यात्रीस“ग गफ गर्दै सवारी चलाउनु, सानैमा घर छोडेर हिड्नाले आप्mनो जीवनको माया नहुनु, पत्नी छोराछोरी र सामाजिक जीवनको दायित्वबोध त्यति नहुनु, सानैदेखि माया ममता नपाई हुर्केकाले अरुका जीवनप्रति त्यति प्रवाह नगर्नु, सानैबाट घर छोडेकाले वा आमाबुबा नहुनाले वा आमा नहुनाले सौतेनी आमाको टोकसो सहन नसकी सानैमा घर छोड्नाले पढ्ने वातावरण नपाएको हु“दा सारै थोरै पढेका चालक हुनु, ट्राफिक नियमको पूर्णज्ञान नहुनु, कहिलेकाही“ सहचालकलाई सवारी चलाउन दिनु, यात्री, स्टाफ वा अन्य कुनै सवारी साधनका स्टाफस“ग भनाभन भई चालक तनावमा हुनु आदिमध्ये कुनैनकुनै चालकका कमी कमजोेरी हुनुका कारणमध्ये पर्दछन् ।
कतिपय चालकहरु पढेलेखेका हुन्छन् । ट्राफिक नियमको पूरा पालना गर्ने पनि हुन्छन् । इज्जतदार, समझदार, नैतिकवान्, सामाजिक र उत्तरादायित्वबोध भएका र अत्यन्त मिलनसार पनि हुन्छन् । उनीहरु सधै सचेत र सहयोगी पनि हुन्न्छन् । उनीहरुले सवारी चलाउ“दा यात्रीहरुमा विश्वास जाग्छ । यदाकदा उनीहरुले चलाइरहेको सवारी साधनमा अरु कसैले ट्राफिक नियम उल्लंघन गरी ठक्कर दिंदा दुर्घटना पनि हुनसक्तछ तर उनीहरु आफैले असावधान भई दुर्घटना गराउन्नन् ।
सडक दुर्घटना हुनमा यातायात व्यवसायी पनि जिम्मेवार छन् । यात्री खचाखच भरेर मात्र चलाउन निर्देशन दिनु उनीहरुको कमजोरी हो । अर्को लामो दूरीमा चल्ने यात्री तथा मालवाहक साधनहरुमा एकजना ड्राइभरको मात्र व्यवस्था गर्दिएको हुन्छ । त्यसमा पनि रातभरि चलाउनु पर्ने बाध्यात्मक अवस्था सृजना गरिएको हुन्छ । यदाकदा दुई तिन दिनसम्म लगातार एक्लैले चलाउनुपर्ने परिस्थिति सृजना गरिदा चालक सावधान हु“दाहु“दै पनि जैविक कारणवश आ“खा पलक पलभरका निम्ति बन्द हु“दा भयङ्कर दुर्घटना हुनपुग्दछ । बेनीदेखि मुक्तिनाथ जस्तो जोखिमयुक्त बाटोहरुमा चल्ने, दलदलेदेखि बुलिङटारतिर चल्ने सवारी साधनहरुको टायरका गोटी पूरै खिइसकेका, स्टार्ट पनि धकेलेर मात्र हुने, थोत्रा र पुराना साधनहरु प्रयोग गर्नु, जोगाड गरिएका मेसिन र पूर्जाहरु हाल्नु, भत्केका, भास्सिएका र हिलाम्मे सडकहरुमा पनि गाडी चलाउन प्रेरित गर्नु आदि व्यवसायीका कमीकमजोरी हुन् ।
नेपाल सरकार, सांसद र राजनैतिक नेतृत्व व्यस्थिति सडक निर्माण गर्ने विषयमा दूरदर्शी बन्न सकेका छैनन् । जे पनि अहिलेलाई भए भयो । केवल नहुनु मामा भन्दा कानो मामा निको भन्ने काम चलाउको सोच मात्र छ ।बनाएपछि सयौ“ वर्षसम्मका लागि होस् भन्ने नै छैन । मात्र दुर्गम जिल्लाहरुलाई सडक सञ्जालले जोड्दिन पाए बोल्नेको मुखमा बुझो लाग्थ्यो भन्ने मात्र छ । आप्mनो पालोमा ट्र्याक खोलेको भन्ने गराउन पाए चुनाव जितिरहिन्थ्यो भन्ने मात्र छ । त्यसलाई सुदूर भविष्यसम्मका निम्ति उपयोगी बन्न सक्ने गरी बनाउने कुरामा उनीहरुको चिन्तन त्यति गम्भीर बन्न सकेको देखिंदैन । त्यस्ता सा“घुरा, कच्ची, अक्करमय उकाली र ओराली सयौ“ घुम्ती भएका बाटोमा कुन मोडलको, कति यात्री मात्र अ“ट्ने, त्यसलाई कति वर्षमात्र त्यो सडकमा गुडाउन पाइने जस्ता विषयमा कडा नीति तथा कानुन बनाउनै पर्ने हो तर सम्बन्धित निकायको त्यसमा ध्यान गए जस्तो लाग्दैन । सबै कुरा दैव भरोसामा मात्र चलेको छ ।
ट्राफिक प्रहरी नै सडक कानुन परिपालना गराउने निकाय हुन् । यिनीहरु नै किन खुम्चिस् मरिचे आप्mनै रागले भन्ने उखानझै आप्mनै लोभी लालची र लामा हात गर्ने बानीले कमजोर र लाचार निकाय बन्न पुगेका छन् । कसैले टेर्दैन यिनीहरुलाई । दुईचार पैसा थमाइदिए सबै कानुनको रीत पुग्छ र सबै ट्राफिक नियम आकर्षित हु“दैन गल्ती गर्नेलाई । अलिअलि बील काट्यो अलिक धेरै खल्तीको प्वाल पु¥यो । यस्तो प्रवृत्तिकै कारण दिनहु“ ट्राफिक नियम अनदेखी गरिदिदा कयौ“ स्थानमा दुर्घटना भइरहेछ । कतिपय अवस्थामा नदेखे जस्तो गरिदिन्छन् उनीहरु ।
विकट हिमाली तथा पहाडी भेगको भौगोलिक अवस्था र त्यहा“ निर्मित बाटो दुर्घटना हुनुका कारणहरु मध्ये एउटा मुख्य कारण मान्ने गरिएको छ तापनि तराईका विशाल पथहरु पनि जोखिमयुक्त क्षेत्रमै पर्ने गरेका छन् । पूर्वपश्चिम हाइवेभित्रै फराकिलो इलाकामा नै अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र लेखिएको फेला पर्दछ । यसबाट दुर्घटना सडकको कारण भन्दा पनि ज्यादा चालककै लापरवाहीका कारण घट्ने गर्दो रहेछ । त्यो भनेको ट्राफिक नियम पालना नगरेकै कारणले भएको हो ।
पहाडी भूभागमा ज्यादाजसो पुराना सवारी साधनको प्रयोग गर्ने गरेका कारण दुर्घटनाग्रस्त हुने गरेका छन् । प्रायः त्यस्ता गाडीहरु कि ब्रेक फेल भएर, जा“दाजा“दै बीचैमा बन्द भएर वा ओभर लोड भएर उकालोमा तान्नै नसकी पछाडि सर्ने क्रममा धसारिएर र ब्रेकले पनि थाम्नै नसकेर हुने गरेका छन् । यी सबै दुर्घटना हुनुको मुख्य कारण भनेको ट्राफिक नियम र कानुनको अनदेखी गर्नाले हुने गरेका छन् । जनता सोझा छन् । कतिपय सुविधाभोगी पनि । सबैलाई पर्खने र अर्कोमा जाने धैर्य नै छैन । जसरी भए पनि छिट्टै पुग्नुपर्ने । गाडीको क्षमता र अवस्था नै नहेरी चढिरहेका हुन्छौ“ हामी । कोचाकोच र ठेलमठेल गर्दै । उस्तै परे क्षतमा र पछाडि झुण्डिएर पनि । अनि ट्राफिकले रोकेमा उल्टै उसैमाथि खनिन्छा“ै र गालीगलौजमा उत्रिन्छौ“ पनि । दुर्भाग्यवश दुर्घटना भई हालेमा तिनै ट्राफिक र सरकारलाई धारे हात लाउ“दै सत्तो सराप गर्दछौ“ आफै ।यसैले हामी पैदल यात्री, मोटर यात्री, साइकल, मोटरसाइकलदेखि सबै सरोकारवाला पक्ष सबैले थोरैधेरै ट्राफिक नियम उल्लंघन गरिरहेकै हुन्छौ“ । हामी सबै सचेत हुन सक्यौ“ भने स्वतः दुर्घटना न्यूनीकरण हुन सक्तछ । यसलाई रोकथाम गर्ने भनेको हामी सचेत नागरिकहरुकै हो तापनि यसमा सर्वाधिक जिम्मेवारी चालक, यातायात व्यवसायी, ट्राफिक र सरकारको हुन आउ“छ । सरकारले जनताको जिउ धनको सुरक्षा गर्नुपर्छ । यो उसको मुख्य दायित्व पनि हो । यसका निम्ति उसले नियम कानुन कडाभन्दा कडा बनाउनेदेखि त्यसलाई निष्पक्षतापूर्वक कडाइका साथ लागु गर्ने कर्तव्य हुन आउ“छ ।
दण्ड जरिवाना थोरै र कार्यवाही प्रभावकारी नभएको भनी सर्वत्र आलोचना हुन थालेपछि सरकारले अघिको सापेक्षमा केही नियममा संशोधन गरेको छ भने दण्ड जरिवानालाई दोब्बर बनाएको छ । दिनहु“ सडक बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र सडकलाई सुचारु तुल्याउने अभिप्रायले सरकारले यसमा कडाइ गर्नु स्वाभाविक नै हो । जुन अन्य मुलुकको दा“जोमा अतिशय न्यून रहेको देखिन्छ । यसलाई यातायात व्यवसायीहरुले पालना गरी सवारी दुर्घटना न्यूनीकरण गर्नमा सहयोग पु¥याउनुको सट्टा उल्टै चक्का जामै गरेर सडकमा उत्रिनु अराजकताको पराकाष्ठा हो । छाडातन्त्रको उत्कर्ष हो । अब कसैले मान्छे मार्न पाउनुपर्छ । चोरी डकैती गर्न पाउनुपर्छ । चोरी र डकैती गर्नेहरुले संगठन नै खोलेर चोरी डकैती गर्नेहरुलाई पनि दण्ड जरिवाना र कारावासको बास कम गर भनी आन्दोलन गरेमा आश्चर्य मान्नुपर्ने स्थिति अब छैन।
यसर्थ यसलाई कुनै न कुनै किसिमले न्यूनीकरण गर्नै पर्ने स्थितिमा सरकारले कानुनलाई कडाभन्दा कडा बनाई त्यसको इमानदारीतापूर्वक पालना गर्नु र गराउनु नै एउटा निर्विकल्प उपाय हो । ट्राफिक नियम उल्लंघन गर्नासाथ छिमेकी देशहरुदेखि पच्छिमा देशहरुको समेत कानुन हेर्ने हो भने नेपालको तुलनामा कैयौ“ गुणा सशक्त छ र दण्ड जरिवाना पनि कैयौ“ गुणा बढी छ । त्यसैले त्यहा“ सवारी दुर्घटनाको मात्र नेपालको सापेक्षमा ज्यादै न्यून छ ।
यदाकदा ज्यादा जरिवानाको नाजायज आर्थिक फाइदा लिइरहेका हुन्छन् यस्ता प्रवृत्तिको भने हामीले चर्को विरोध गर्नुपर्छ र यसलाई निरुत्साहित गर्नुपर्छ । तर आफै ट्राफिक नियम उल्लंघन गर्ने अनि आफैं हिरो हुन खोज्ने प्रवृत्ति राष्ट्रिय हितमा पनि छैन र समाज अनि आप्mनै हित अनुकूल पनि छैन । सही किसिमले ट्राफिक नियम पालना गरौ“ दण्ड जरिवानाबाट बचौ“ कुरै खत्तम । यसबाट कसैले अनाहकमा ज्यान गुमाउनु पनि पर्दैन । दुर्घटनाबाट भौतिक तथा आर्थिक क्षति पनि हु“दैन । सबैको कल्याण हुन्छ । यसैले दण्डनीय रकम बृद्धि भयो भनेर सडकमा तामासा देखाई जग ह“साउनुभन्दा अझ बढाऊ सही कार्यान्वय गर भन्नु हितकर हुन सक्तछ । कम्तीमा पनि अब आइन्दा चालक र यातायात व्यवसायी आफैमा सावधान भएर कम गतिमा चलाउनुपर्ने कुरामा हेक्का राख्ने बानीको विकास हुन्छ । जनता पनि अब सचेत र सुरक्षित भई आप्mनो गन्तव्य पथमा हिड्ने गर्नुपर्छ । सरकारले बाटो र पुलहरु बनाउ“दा अल्पकालीन हैन सुदूर भविष्यसम्मकै लागि सोचेर चौडा पथ निर्माण गर्नुपर्छ । ट्राफिक प्रहरीले आप्mनो शाख र गौरवलाई धराशयी हुन दिनुहुन्न । आप्mनो कर्तव्य पथमा अविचलित भई हिडेमा सुरक्षित सडक र सुरक्षित जीवन बन्न सक्तछ ।
मेचीकाली दैनिकबाट
२०७३।२।१५