दिनेश पाण्डे
गत बैसाख ११ गते काठमाण्डौको होटल एभरेष्टको लविमा भेटिएका धन बहादुर गोलेको निधनको खवर सुन्नु पर्दा अत्यन्तै दुख लाग्यो । नासाका गोबिन्द जीले गोलेको निधनको खवर सुनाउदा भदौ १२ गतेको बिनासकारी भुकम्पको अघिल्लो दिन उनलाई सम्मान गर्दाको क्षण सम्झना आयो । लौरोको साहारमा कुप्रो परेको सरिर लिएर सम्मान थाप्न आएका ९२ बर्षिय गोलले मोटर बोकेर काठमाण्डौ ल्याएको कथा सुनाउथे । कान कम सुन्ने गोलले लाई देख्न पाउदा यातायात र सडकको क्षेत्रको सुरक्षामा लागेकाहरुलाई भिन्नै खालको अनुभुति भई रहेको थियो ।
गोलेलाई गत बैशाख ११ गते नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को संयोजनमा संयुक्त राष्ट्रसंघको रोड सेफ्टी एम्बासडर मिचेल योह तथा तत्कालिन उपराष्ट्रपति परमानन्द झाले समेत सम्मान गरेका थिए । राज्यले मात्र होईन यातायात व्यवसायीहरुले समेत सम्झीन नसकेका गोलले यो सम्मान थाप्दा उनको मुहारमा भिन्दै चमक थियो ।
धनवहादुर गोले यस्ता ब्यक्ती हुन जसले गाडी बोकेर काठमाण्डौ ल्याए । अरुलाई गाडी चढन पाउने बनाई दिए अरुलाई चालक बन्ने बाटो बनाई दिए । तर उनी एक पटक बाहेक गाडी चढेनन । आज यातायात व्यवसायीहरु आफुलाई गाडी धनी मान्छन । यातयात मजदुरका नाममा राजनिती गर्नेहरु धेरै संघ संगठन चलाएका छन तर उनिहरु गोलेलाई चिन्न सकेन गोलेहरुको सम्मान गर्न सकेनन ।
त्रिभुवन राजपथ नबन्दा सम्म काठमाडौं भित्रिने गाडीलाई मान्छेले बोकेर काठमाडौं ल्याइन्थ्यो भन्दा आजकल धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर कांधमा गाडी बोकेर काठमाण्डौ पु¥याउने धनबहादुर गोले मकवानपुरको चित्लाङ गाउँमा आफुले गाडी बोक्दाकोे कथा सुनाउथे । पछिल्लो समय उनले गाडी बौक्दाको कथा सुन्न जानेहरुको संख्या बढदै गएको थियो । तर अव गोले संग त्यस बेलाको कथा सुन्न नपाईने भएको छ ।
एभरेष्ट होटलको लवीमा पुराना दिनको त्यो अपत्यारिलो जस्तो लाग्ने घटना सुनाउँदै गोलेले भनेका थिए हामीले बोकर ल्याएको गाडीले नै मान्छे बोक्ने गरेका थिए । मैले संगै गाडी बोक्नेहरु आफुले गाडी चढन पाएनन । ऊ बेलामा गाडी बोकेकाले होला आफुलाई पनि गाडी चढन मन नलाग्ने बताउथे । जिवीत हुदा सम्म डोको, डालो, घुम र नाङ्लो बुनेर गुजार गर्दै जिविको चलाएका गोले मकवानपुरको चित्लाङ–१ भण्डारखर्कबाट आफूले बुनेको सामान बेच्न उनी थानकोटसम्म हिँडेरै आइपुग्थे ।
काठमाडौंका राणा र सभ्रान्त परिवारको गाडी चढ्ने सोख पूरा गर्न त्यो बेलाका करिब ६० जना बलिया बांगाहरुले धेरै पसिना चुहाउनुपरेको कुरा अहिले पनि किम्बदन्तीझैं लाग्छ । बेलायतबाट बीरगन्ज हुँदै भीमफेदीसम्म गुडेर आइपुग्ने गाडी भीमफेदीबाट भने थानकोटसम्म बोकेरै ल्याइन्थ्यो । त्यसको लागि बलियाबांगाहरुले एक दशकसम्म भरियाको काम पाएका थिए ।
यसरी एक पटक गाडी बोकेको पैसा भरियाले ११ मोहोर पाउँथे । एक पटक भने चाँडै गाडी पु¥याएको भएर एक पटक उनको टोलीलाई राणाजीले ६० आना बक्सिस दिएका थिए । बक्सिस पाउँदा उनले पहिलो पटक गाडी बोकेका थिए । पहिलो बोकाईमा नै बक्सिस पाउँदा उनको भुँईमा खुट्टा थिएन रे त्यतिबेला । त्यो पैसा उनले आमालाई दिएका थिए ।
भीमफेदीमा गाडीको चक्का फुकालेर बोक्नको लागि तयार पारिएको गाडीलाई युवाहरुको समूहले बोकेर थानकोटसम्म ल्याउने गरेको थियो । गाडीको मुन्तिर काठको ठूलो फलेक तेस्र्याएर त्यसमा ३२ वटा काठ बाधिन्थ्यो र सबै छेउमा मानिसले काँध लगाउँथे । यसरी एउटा गाडी बोक्दा बिरिममा ठोकिएको ३२ वटा काठको दुवैपट्टी गरी ६४ जना सम्म मानिस खटिन्थे ।
ती बोक्ने मान्छेहरुलाई गाडी बोक्नको लागि कुनै तालिम र आवश्यक उपकरणको व्यवस्था नगरिएको भए पनि उनीहरुले आफ्नै जुक्तीले गाडीलाई भीमफेदीदेखि थानकोटसम्म पु¥याउँथे । उनीहरुलाई संयोजन गर्ने काम भने नाईकेले गर्थे । नाइकेले कहिले ती गाडी बोक्ने भरियालाई गाली गर्थे भने कहिले हौसला दिन्थे । ‘नाइकेले कस्तो कस्तो मनपरी बोल्थ्यो’, गोले सम्झन्छन‘अहिले त भन्न पनि लाज लाग्छ ।’
गाडी बोक्न ६ फिट अग्लो मान्छे चाहिने भएपनि गोलेको उचाई त्यति अग्लो थिएन् । उनको उचाई ६ फिट भन्दा कम भएपनि उनको शारिरीक बनाउन र बलियो पाखुरा देखेर नाइकेले उनलाई गाडी बोक्न छानेका थिए । गोलेले विस २००५ मा पहिलो पटक गाडी बोकेका थिए । यो क्रम २०१३ सालसम्म जारी भयो । यो अवधीमा उनले करिब ३० वटा गाडीलाई भीमफेदीबाट थानकोट पु¥याए । तर, बिडम्बना यिनै इतिहास लाई हामीले सम्मान गर्न सकेनौ ।
भीमफेदीबाट बोकेको गाडी गढी, देउराली, लामेचौर, डाँडाभन्ज्याङ, मार्खु, चित्लाङ, कुसुलेचौर, दुपीटोल, नारायणहिटी, भण्डारखर्क, हात्तीसार, थुम्की, सिन्दूरढुंगा, लामीडाँडा र पानीघाट हुँदै एक महिनामा थानकोट आइपुग्थ्यो । सानो गाडीको हकमा भने समय आधा मात्रै लाग्थ्यो । उनीहरु त्यो बेलामा खुट्टा नचिप्लियोस् भन्नका लागि परालको चप्पल बनाएर लगाउने गर्थे । एक पटक गाडी पु¥याउँदा दुई जोर परालको चप्पल सकिने गरेको गोलेले बताउथे ।
उकालीमा बोक्दा धेरैजसो मानिस अगाडि गएर माथि तान्थे भने ओराली आएपछि धेरैजसो मान्छे पछाडी बसेर थाम्थे । यस्तो गर्नु भरियाहरुको लागि कम्ति गाह्रो थिएन् । त्यसैले गाडी दिनमा एक वा दुई किलोमिटर मात्रै बोक्न सकिन्थ्यो । बिहान खाना खाएर सुरु हुने यात्रा साँझ नपरिन्जेलसम्म पनि जारी हुन्थ्यो । बाबियोको मोटो डोरीले गाडी तान्दा र उचाल्दा भरियाहरुको हात चर्चरी चह¥याउँथे ।
२० बर्षको हुँदाखेरी गाडी बोक्न सुरु गरेका उनी कम्ता खाइलाग्दा थिएनन् । त्यसैले उनले ७ बर्ष गाडी बोक्दा तीनवटी पत्नी बनाए । तर, अन्तिम समय सम्म उनको साथमा कुनै श्रीमती थिएनन ।
कठमाण्डौमा यत्तिका धेरै गाडी आउलान भन्ने लाग्दैनथ्यो गोलेले पुराना दिन सम्झदै भनेका थिए । एभरेष्ट होटलको चौरवाट सडकतिर हुईकिएका गाडीलाई नियाल्दै दंग परेका थिए । उनी भन्थे म खुशी पनि छु कुनै बेला आफैले बोक्नुपर्ने गाडीले अहिले सबैलाई बोकेको छ ।
एकराज सुवेदीको सहयोगमा