बुटवल चैत्र २६
सडक दुर्घटनाको प्रमुख कारण बनेका छाडा चौपाया नियन्त्रणका लागी दिर्घकालीन उपाय खोजिने भएको छ । बुटवल र आसपासका क्षेत्रमा सडकमा छाडा छोडिएका छाडा चौपायाका सडक दुर्घटना नियन्त्रणका लागी मात्र होईन यस क्षेत्रका किसानहरुका लागी समेत अभिषाप बनेका कारण यसको नियन्त्रणका लागी दिर्घकालीन उपायको खोजिगर्न दवाव पर्दै आएको थियो ।
बुटवल उपमहानगर पालिकाको आयोजनामा सम्पन्न सरोकारवालाहरु बिचको बैठकमा छाडा चौपायका कारण सवारी साधनाका प्रयोगकर्ताहरुका लागी जोखिम बढेको र किसानहरुको समेत खेतीबाली समेत नष्ट गरीदिने गरेकोले यसको दिर्घकालीन समाधानका लागी पहल गर्नका लागी छलफल भएको थियो ।
छलफलमा निकट भबिश्यमै छाडा चौपाया नियन्त्रणका लागी रुपन्देहीका सवै स्थानिय निकाय र स्थानिय प्रशासन तथा व्यवसायीक संघ संस्थाहरु बिचको समन्वयत्मक छलफल आयोजना गरी समाधानको खोजी गरीने निर्णय समेत भएको छ ।
छलफलमा सहभागी १६ मँैजा सिंचाई प्रणालीका सदस्य त्रिलोचन न्यौपानेले छाडा चौपायका कारण किसानहरुको बिचल्ली भएको बताउदै चौपाया छाडा छोडनेहरुलाई हदै सम्मको कार्वाही गरीनु पर्ने बताउनु भयो । न्यौपानेले छाडा चौपायाको कारण आफुहरुले खेती लगाउनै नसक्ने अवस्थामा पुगेको समेत गुनासो गर्नु भयो ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यँलयका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले एक ठाउका छाडा अर्को ठाउमा लैजानु समस्याको समाधान नभएको बताउदै यसको तात्कालीक र दिर्घकालीन गरी दुई ढंगले समाधान खोज्नु पर्ने बताउनु भयो । उहाले छाडा चौपायाका कारण सडक प्रयोगकर्ताहरु सडकमा अत्यन्तै असुरक्षित रहेको बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले छाडा चँैपायका कारण व्यवसायीहरुको लाखँैको क्षती हुने मात्र होईन मानीसको ज्यानै समेत जाने गरेकोले छाडा चौपाया नियन्त्रणका लागी सामुहिक पहल जरुरी रहेको बताउनु भयो । उहाले सडकमा छाडा छोडने चौपायाका कारण हुने दुर्घटनाको क्षतीपुर्ती संबन्धीत चौपाया धनीबाटै असुल हुनुपर्ने बताउनुृ भयो ।
कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले छाडा चौपायको नियन्त्रणका लागी किसानहरुको गोठबाटै तथ्यांक संकलन गरी ट्याग लगाउनुका पर्ने र किसानहरुले नियमित रुपमा स्थानिय निकायमा आफ्ना चौपायाको जन्म,मृत्यु र बिक्रि संगै हराएको समेत जानकारी दिनु पर्ने व्यवस्था हुनसके छाडा चौपायाको नियन्त्रण हुने बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत धु्रव बहादुर खडकाले छाडा चौपायका कारण सहरको सुन्दरता कायम हुन नसकेको तथा टाफिक व्यवस्थापनमा समेत चुनौती बनेकोले यसको नियन्त्रणका लागी सर्व पक्षिय सहयोगको खांचो रहेको बताउनु भयो ।