भगवती पाण्डे बुटवल माघ २२
यात्रुहरु प्रति जिम्मेवार बनाउन तथा बढदो दुर्घटना न्युनिकरणका लागी सवारी साधनका चालक तथा परिचालकहरुका लागी प्रशिक्षण दिईएको छ ।
यातायात व्यवसायीहरुको छाता संस्था पश्चिम नेपाल बस व्यवसायी संघले सवारी साधनका चालक तथा परिचालकहरु यात्रु मैत्री हुन नसकेको गुनासो आए पछि उक्त प्रशिक्षण दिएको हो । पछिल्लो ८ बर्ष यता संघले यस प्रकारको तालिम दिदै आएको छ ।
संघको सभाकक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले कतिपय चालकहरुले नजानेर नियम पालना नगरेको तथा कतिपय चालकले जानेर पनि नियम पालना नगर्दा दुर्घटना बढेको उल्लेख गर्नु भयो ।
उहाले चालकहरु अनुसासीत हुने हो भने सवारी दुर्घटनाको संख्या घटेर जाने बिश्वास व्यक्त गर्दै सडकमा प्रयोग गरे पछि नियमको पुर्ण पालना गर्नु चालकहरुको दायित्व भएको बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन कुमार बन्जाडेले सवारी चलाउदा नियमको पालना नगर्ने चालकलाई उन्मुक्ति दिन नसकिने बताउदै नियमको पालना गर्न र यात्रुहरु प्रति मर्यादित व्यवहार गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सहजिकरण गर्दै संघका प्रेस सल्लाहकार एवं सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सडक र सवारी साधनका कारण कसैको पनि अकालमा ज्यान नजाओस भन्नका लागी चालकहरुले आफ्नो व्यानी व्यहार र आचरणमा समेत परिवर्तन गर्नु पर्ने बताउनु भयो ।
उहाले चालक परिचालकको व्यवहारका कारण कतिपय यात्रा असहज र दुखदायी हुने गरेको तथा यात्रका क्रममा हुने सानो असमझदारी र विवादले दुर्घटना भई ज्यान जाने गरेको उल्लेख गर्दै दुर्घटनामा आफ्नो समेत ज्यान जान सक्छ भन्ने चालकले बिर्सदा समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।
नेपाल यातायात मजदुर संघ पश्चिमाञ्चल अध्यक्ष कृष्ण बेल्वासेले यातायात मजदुरहरु ईमान्दार र अनुसासीत हुने हो भने दुर्घटना कम भएर जाने बताउनु भयो ।
संघका सचिव एव आन्तरीक सवारी व्यवस्थापन अनुगमन तथा दुर्घटना न्युनिकरण उप समितीका संयोजक रामचन्द्र भुसालले प्रशिक्षण बाट यातायात क्षेत्रमा देखिएका कतिपय प्रबिधीक समस्याहरुको न्युनिकरण हुने तथा दुर्घटना कम भई अकालमा ज्यान जाने क्रम रोकिने अपेक्षा सहित तालिमको आयोजना गरिएको बताउनु भयो ।
उहाले संघले आगामी दिनमा सवारी चालक परिचालक तथा मजदुरहरुलाई नियमीत प्रशिक्षण तथा सडकमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिने तयारीमा लागेको बताउनु भयो ।
यातायात व्यवसायीहरुको सवै भन्दा ठुलो संस्था मानिएको पश्चिम नेपाल बस व्यवसायी संघले पहिलो चरणमा संघमा आवद्ध २३ सय बस का मजदुरहरुलाई प्रशिक्षण प्रदान गरी सकेको छ भने यो प्रशिक्षण दोश्रो चरणको हो ।
सवारी चालक अनुमती पत्र भए पनि प्रशिक्षण नलिएका चालक तथा परिचलकहरुलाई सघ मातहतका सवारी साधन चलाउन नपाउने गरी संघले व्यवस्थापन गर्दै आएको छ ।