सरकारले यातायात व्यवसायीहरुको संरक्षण गर्ने
बुटवल चैत्र २९
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको अहिलेको आवश्यकता आन्दोलन र संघर्ष नभई विकास, शान्ति र सम्बृद्धि रहेको बताउनुभएको छ ।
राजनितिक परिवर्तनका लागि पटकपटक आन्दोलन गरेका जनताले अब आन्दोलन नभई वार्ता र सहमतीबाट राजनितिक समस्याको समाधान चाहेको बताउनुभयो ।
पश्चिम नेपाल बस व्यवसायी संघको २१ औं वार्षिक साधारणसभालाई सोमबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गच्छदारले जतिसुकै आन्दोलन र संघर्ष गरेपनि अर्को संविधानसभा बन्न नसक्ने भन्दै वार्ता र सहमतीमा आउन सबै दलहरुलाई आग्रह गर्नुभयो ।
संविधान जारी गर्दा प्रमुख तिनदलको सहमतीलाई मधेशी दलहरुको तर्फबाट आफुले पनि समर्थन जनाएको स्मरण गर्दै अब संविधान कार्यान्वयनको लागि पनि सबैको सहमती आवश्यक रहेको बताउनुभयो । संविधानको कार्यान्वयन, मधेशका समस्या समाधान जस्ता राष्ट्रिय मुद्धाहरुमा नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका विचमा सहमती जुट्नुपर्ने उल्लेख गर्दै प्रतिपक्ष्ँमा रहेको नेपाली कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभयो ।
अहिलेको संकट राजनितिक एकताले मात्र समाधान गर्न सकिन्छ त्यसको लागि नेपाली कांग्रेस सहमतीको सरकारको पक्षमा छ भने हामी पनि तयार छौं होईन भने कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गरोस् । मन्त्री गच्छदारको भनाई थियो ।
तराई मधेश लोकतान्त्रिक फोरमका अध्यक्ष्ँ समेत रहनुभएका गच्छदारले अहिलेको राजनितिक संकट समाधान गर्न नसके मुलुक झनै ठूलो भूमरिमा फस्ने बताउनुभयो । राजनितिक व्यवस्थाको व्यवस्थापन संगै प्राकृतिक श्रोत साधनको पनि सहि सदुपयोग गर्न नसक्दा मुलुकको दुर्दशा भएको बताउनुभयो ।
उहांले निजी क्षेत्रको अर्बौको लगानी रहेको यातायात क्षेत्रको संरक्षण सरकारले गर्नुपर्ने बताउनुभयो । यातायात सम्बन्धि पुराना संस्थालाई नविकरण नगर्ने तर नयां संस्था खोल्न अनुमती दिने निती गलत रहेको बताउनुभयो । राज्यले दिनुपर्ने सेवा निजी क्षेत्रले दिएको उल्लेख गर्दै यातायात व्यवसायीका समस्या तथा अप्ठ्यारा हटाउन आफ्नो सकारात्मक सहयोग रहने बताउनुभयो । मैले आज मात्र थाह पाए यस्तो गलत निती कार्यान्वयन हुन्न गच्छदारले भन्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद बालकृष्ण खांणले यातायात व्यवसायीहरुको सुरक्ष्ाँ र संरक्षणको लागि सरकारमा वा सरकार बाहिर जहां रहेपनि आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।
भुकम्प तथा नाकाबन्दीको बेलामा समेत सरकारले पुरा गर्नुपर्ने राष्ट्रिय दायित्व यातायात व्यवसायीले पुरा गरेको भन्दै सरकारले व्यवसायीहरुको सुरक्षा र आत्मबल बढाउने काम गर्नुपर्ने बताउनुभयो । यातायात क्षेत्र संचालनको जिम्मा स्वयं व्यवसायीहरुलाई नै सुम्पन आग्रह गर्दै नेता खांणले यातायात व्यवसायीहरुलाई नजिस्काउन चेतावनी दिनुभयो । सरकारले विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने काम गरे सरकारको दिनगन्ती पनि शुरु हुने बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष दधिराम खरेलले यातायात क्षेत्रको सुधारमा राज्यको चासो र ध्यान नपुग्दा गाडी माफियाको चंगुलमा फसेको गुनासो गर्नुभयो । केहि गाडी माफियाहरुले पुराना र थोत्रा सवारी साधन खरिद गरी नयां र पहाडी सडकहरुमा संचालन गर्दा यात्रुहरुको जिवन असुरक्षीत रहेको भन्दै त्यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
संघको एकल प्रयासले २० वर्ष पुराना गाडीहरुलाई विस्थापित गर्दै आएको जानकारी गराउंदै सरकारले अन्यत्रपनि थोत्रा र पुराना सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाई एक विस्थापित एक स्थापितको निती कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष खरेलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सडक र यात्रुहरुको चापको आधारमा सवारी संचालनको ईजाजत दिन सक्ने व्यवस्था रहेपनि यात्रु र सडकको अध्ययन नै नगरी सडक ईजाजत दिंदा सवारी साधनको चाप अत्यधिक रहेको बताउनुभयो ।
संघका महासचिव जिवन कुमार बञ्जाडेको संचालन एवं वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, संघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केशी लगायतले यातायात क्षेत्रमा भएको निजी क्षेत्रको अर्बौको लगानी र यात्रुहरुको यात्रा सुरक्षित बनाउने कार्यमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।