भगवती पाण्डे बुटवल, भदौ १२
अर्घाखांचीको हंसपुरमा आईतवार दिउसो भएको जिप दुर्घटनामा परि ज्यान जानेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी नायब उपरिक्ष्ँक नवरत्न पौडेलका अनुसार घटनास्थलमा ९ जना र उपचारको क्रममा सन्धिखर्कमा २ जनाको ज्यान गएको छ ।
सो दुर्घटनामा परी जिपका मालिक किमडांडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश हंशपुरका रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा हंशपुरका रामबहादुर घर्तिमगर, हुम बहादुर राना, भिम केशी, मिन बहादुर केशी र देवबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी धारापानीकी कमला पौडेल, पुर्कोटदह गुल्मीका भेष बहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङगेमोरट प्यूठानका शोभा रोकामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घाखँंची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बांदीकोट जांदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउसो सवा तिनबजे तिर हंशपुर गाविस ५ रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट तल खसेको हो ।
कच्ची तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताईएकोे छ । दुर्घटनामा परी गम्भिर घाईते भएका ४ जनालाई थप उपचारको लागि बुटवल पठाईएको प्रहरीले जनाएको छ ।
दुईजना घाईतेको सन्धिखर्कमै उपचार भईरहेको बताईएको छ । जिपमा १९ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
सेतोपाटिबाट