काठमाडौं – नाडा अटो शोमा ड्याटसनका ३ सय २५ गाडी बुकिङ भएका छन् । भर्खरै नेपालमा उपलब्ध गराइएको ड्याटसनको रेडी–गो कारमा विशेष गरी धेरै ग्राहकको आकर्षण देखिएको थियो । यही कारका कारण पनि धेरै संख्यामा गाडी बुकिङ भएको कम्पनीको भनाइ छ ।
ड्याटसन गाडीको नेपालका लागि आधिकारिक बितरक पायोनियर मोटाकर्पले नेपालको पहिलो अर्वान क्रसकार ड्याटसन रेडी–गोे बिक्री सुरु गरेको हो ।
पछिल्लो समयमा भित्रिएको र नेपाली बजारमा भर्खरै धेरै चर्चा पाउन सफल रेडी–गो अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो । यो वाहेक नेपाली बजारमा प्रचलित गो र गो प्लस पनि प्रदर्शनीमा उपलब्ध थिए ।
रेडी–गो इन्ट्री लेभलको कार भएको र यसका विशेषता, मूल्य र माइलेज लगायतका धेरै कुरा नेपाली मध्यम वर्गीय ग्राहकका लागि उपयुक्त भएकाले यो धेरुैका्े रोजाइमा पर्न सफल भएको हो । जिप टाइपको अर्बान क्रस भएको, मर्मत खर्च कम भएको र प्रतिष्ठित जापनिज ब्रान्ड भएकाले यो धेरैको रोजाइमा पर्न सफल भएको बताइएको छ ।
विभिन्न ५ कलरमा उपलब्ध रेडी–गोेको मूल्य १३ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । यो वाहेक ड्याटसनका गो र गो प्लस कार पनि पहिले देखि नै नेपाली बजारमा उपलब्ध छन् ।