बुटवल चैत्र १३
व्यवसायीक मर्यादासंगै हक हित र अधिकार तथा समाजसेवाको क्षेत्रमा संगठित रुपले काम गर्नु आवश्यक रहेको भन्दै लुम्विनी अञ्चलमा रहेका सवारी साधनका बिक्रेताहरुको भेलाले अटोमोवाईल्स एशोशिएसन अफ नेपाल (अडान) गठन गरेको छ ।
सनिवार सम्पन्न भेलाले संस्थाको स्थापना संगै बैधानीक दर्ता प्रक्रिया र संस्थागत गतिबिधी अगाडी बढाउन लोकहरी श्रेष्ठ अध्यक्ष डोलराज बस्याल बरिष्ठ उपाध्यक्ष राजु खरेल उपाध्यक्ष देवेन्द्र पौडेल महासचिव भेषराज पाण्डे सचिव तथा पुर्ण प्रसाद ज्ञवाली कोषाध्यक्ष रहेको तदर्थ समिती गठन गरेको छ ।
त्यसैगरी समितीका सदस्यहरुमा प्रकाश खनाल, तेज भटराई दिनेश शर्मा लक्ष्मण अर्याल योगेश घिमिरे रहनु भएको छ । भने २ जना सदस्य पछि मनोनित गर्ने गरी खाली राखिएको छ ।
त्यसैगरी भेलाले संस्थाको बिद्यान तयार गरी दर्ता प्रक्रिया अगाडी बढाउन देवेन्द्र पौडेल संयोजक तथा तेज भटराई र दिनेश पाण्डे सदस्य रहेको बिद्यान मस्यौदा समिती गठन गरेको छ ।
अटोमोवाईल्स क्षेत्रमा लामो समय देखि ब्यवसायीक रुपमा काम गरि रहेको भए पनि व्यवसायीक हित र अधिकारमा काम गर्ने संस्थाको महशुस गरीएकोले स्थापना गरीएको नवगठित समितीका अध्यक्ष लोकहरी श्रेष्ठले बताउनु भयो ।
संस्थाले प्रारम्भमा लुम्विनी अञ्चल र संघिय संरचनाले पुर्णता पाएपछि प्रदेश नं ५ मा रहेका सवारी साधनका अधिकृत बिक्रेता डिलरहरुलाई संगठित गरी सदस्यता प्रदान गर्ने जनाईएको छ ।