काठमाडौं – चीनको सहयोगमा २०३२ सालमा काठमाडौं उपत्यकामा ट्रली बस गुड्न थाल्यो तर त्यसमा राजनीतिक दलका दलाल र कमिसनखोरको आँखा लाग्यो। ट्रलीबस सेवा अहिले इतिहास बन्न बाध्य भयो। चीनले दिएको त्यो ट्रलीबस हेर्नलाई त छ तर चढ्न भने छैन। त्रिपुरेश्वरदेखि भक्तपुरको सूय्िवनायकसम्म चल्ने उक्त विद्युतीय ट्रलीबस चीन सरकारले करिब ४ करोड रुपैयाँ लागतमा बनाइदिएको थियो। ३२ सिट क्षमताका २२ वटा ट्रलीबसले राति नौ बजेसम्म यात्रु ओसार्थे।
‘कसरी चल्दो होला यो डाँडाभाटा भएको गाडी भनेर हेरिरहन्थे,ँ त्यतिबेला सडकमा नाङ्लो पसल चलाउने ६३ वर्षीया टंकमाया थपलिया सम्झन्छिन्, ‘तर एक दिन चढँुला भन्दाभन्दै बन्द भयो।’ मीनभवनस्थित हालको यातायात व्यवस्था विभाग रहेको स्थानमा ट्रलीबसको मूल स्टेसन थियो। थपलिया अहिले पनि त्यही ट्रली बस गुड्ने मुख्य द्वारमा पसल थापेर बस्छिन्।
बिजुली नपुगेको भन्दै त्यत्रो संरचना ध्वस्त पारियो। ‘नेताले खाएको हो यो ट्रलीबस,’ ट्रलीका यात्रु पूर्णरत्न बज्राचार्यले भने, ‘एउटा बसमा सात जनासम्म कार्यकर्ता भर्ना गर्थे, अनि कसरी चल्नु बस!’ सार्क राष्ट्र घुमिसकेका बज्राचार्य चीनमा ट्रलीबस देख्दा नेपालको ट्रली बस झल्झली सम्झन्छन्। ‘त्यहाँको सडकमा फिलिली ट्रली चलेको देख्दा यो बानेश्वरको उकालो सम्झन्छु,’ उनी भन्छन्, ‘चीनमा चल्ने यहाँ चल्न नसक्ने नेताको कस्तो काइदा हो, बुझ्न सक्दिनँ।’
आठौं पञ्चवर्षीय योजनामा आयातीत इन्धन खपत कम गर्दै ट्रली बस सेवालाई त्रिपुरेश्वर, कीर्तिपुर र थापाथली, पाटनढोकासम्म विस्तार गर्ने नीति लिइएको थियो। नवौंमा यसलाई उपत्यकाको चक्रपथमा समेत विस्तार गर्ने र पूर्वमा विराटनगर, इटहरी, धरान, पश्चिममा बुटवलमा ट्रली बससेवा चलाउन अध्ययन गर्ने नीति थियो।
निर्णय गर्ने, कार्यान्वयन नगर्ने पुरानै रोगले सबै खाइदियो। अझ आफ्नै निर्णयविपरीत सरकारले त्रिपुरेश्वरदेखि भक्तपुरसम्म चलिरहेको ट्रली बससेवा निजीकरण गर्ने निर्णय गर्योख। केही समयमै सरकारले ट्रली बसको सञ्चालक नेपाल यातायात संस्थानलाई नै खारेज गर्योर। अहिले ३२ वटा ट्रली जीर्ण अवस्थामा यातायात व्यवस्था विभागको पछाडि खिइँदैछन्। ‘जिर्ण बस त काम लाग्दैन अब,’ रेखदेख गर्न बसेका लावती लिम्बू भन्छन्, ‘तर चार्ज गर्ने एसी र डिसी हाउसको भव्य चार्जर अहिले पनि उत्तिकै राम्रा छन्।’
ट्रली बस मात्र होइन, त्यसलगत्तै नेपाललाई आत्मनिर्भर बनाउन छिमेकी राष्ट्रले दिएको अर्बौको सहयोगमा खोलिएका १० राष्ट्रिय स्तरका कलकारखाना निजीकरणपछि बन्द हुन पुगे।
राणा प्रधानमन्त्री चन्›शमशेरले सन् १९२७ मै धुर्सिङदेखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे सञ्चालनमा ल्याएका थिए। जुन रोपवेलेे घन्टामा ८ टन सामान बोक्ने क्षमता राख्थ्यो। पञ्चायतकालमा हेटौंडादेखि काठमाडौंसम्म ४४ किलोमिटर सेवा विस्तार गरियो। ढुवानीको सबैभन्दा सस्तो साधन थियो त्यो। अमेरिकी सहयोग ल्याएर पनि सरकारले यसलाई बन्द गरायो।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हालसम्म १९ लाख ५७ हजार ८ सय ४९ वटा विभिन्न सवारीसाधन दर्ता छन्। सडक यातायातको इतिहास हेर्ने हो भने विसं १९७८ सालमा बेलायती राजकुमार एर्डवर्डले चितवनको कसरा जंगलमा सिकार खेल्न आउँदा भारतबाट मोटर चढेर आएका थिए। त्यसै बेला नेपालमा पहिलो मोटर भित्रिएको हो। राणा प्रधानमन्त्री चन्›शमशेरका पालामा बेलायती राजकुमार
एर्डवर्डले गाडी चढेर सिकार गर्न आएको देखेपछि राणाशासकलाई मोटर चढ्ने सोख पलायो। तत्कालीन राणा शासकका लागि काठमाडौंमा मोटर ल्याउन वीरगन्जदेखि मकवानपुर जिल्लाको भीमफेदीसम्म पहिलोपटक मोटर मार्ग निर्माण गरियो। पहाडी डाँडा र खोँचहरुमा बाटो छिचोल्न नसकेपछि मान्छेले काँधमा बोकेर मोटर काठमाडौ भित्याएको इतिहास छ। त्यसरी काँधमा बोकेर ल्याएको गाडी जुद्धसडकदेखि सिंहदरबारसम्म र अन्य केही स्थानमा श्री ३ राणा प्रधानमन्त्रीले चढ्ने गर्थे।
अहिले नेपालमा ६६ हजार ४ सय किमी सडक विस्तार भइसकेको छ।
नागरिक दैनिकबाट