बुटवल फागुन ८
स्वास्थ जिवन र वातावरणीय सन्तुलनका लागि साईकल यात्रा भन्ने नाराका साथ शुक्रवार बुटवलमा साईकल ¥याली निकालिएको छ । विश्व साईकल यात्री पुस्कर शाहको विशेष सहभागितामा बुटवलका ४० भन्दा धेरै युवाहरुले साईकल ¥यालीमा सहभागिता जनाएका थिए ।
बुटवल उद्योग वाणिज्य संघको हार्डवेयर व्यवसायी उपसमितीले कार्यक्रमको संयोजन गरेको हो । बुटवल ईट्टाभट्टीबाट निकालिएको साईकल ¥याली, ट्राफिकचोक, राजमार्ग चौराह, योगिकुटी, शंकरनगर, बनबाटिका, गणेशनगर, मणिग्राम, हुंदै करिब ३० किलोमिटरको दुरी पार गरी पुनः बुटवलको राजमार्ग चौराहमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै विश्व साईकल यात्री शाहले साईकल यात्रा आर्थिक रुपमा सस्तो मात्र नभई, स्वास्थ्य र वातावरणीय रुपमा पनि लाभदायक भएको बताउनुभयो । ईन्धनको प्रयोगबाट चल्ने सवारी साधनबाट निस्कने धुंवाले वायुमण्डलमा कार्वनडाईअक्साईडको मात्रा बढाउने मात्र नभई स्वास्थ्यको लागि पनि लाभदायक नहुने बताउनुभयो । साईकल चलाउंदा शरिरका सबै अंगहरुको व्यायाम हुन जाने भन्दै दैनिक कम्तिमा पनि १ घण्टा साईकल चलाउने व्यक्ति शारिरीक रुपमा फुर्तिलो तथा स्वस्थ रहने उहांले बताउनुभयो ।
स्वास्थ जिवन र वातावरणीय सन्तुलनका लागि साईकल यात्रा भन्ने नाराका साथ शुक्रवार बुटवलमा साईकल ¥याली निकालिएको छ । विश्व साईकल यात्री पुस्कर शाहको विशेष सहभागितामा बुटवलका ४० भन्दा धेरै युवाहरुले साईकल ¥यालीमा सहभागिता जनाएका थिए ।
बुटवल उद्योग वाणिज्य संघको हार्डवेयर व्यवसायी उपसमितीले कार्यक्रमको संयोजन गरेको हो । बुटवल ईट्टाभट्टीबाट निकालिएको साईकल ¥याली, ट्राफिकचोक, राजमार्ग चौराह, योगिकुटी, शंकरनगर, बनबाटिका, गणेशनगर, मणिग्राम, हुंदै करिब ३० किलोमिटरको दुरी पार गरी पुनः बुटवलको राजमार्ग चौराहमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै विश्व साईकल यात्री शाहले साईकल यात्रा आर्थिक रुपमा सस्तो मात्र नभई, स्वास्थ्य र वातावरणीय रुपमा पनि लाभदायक भएको बताउनुभयो ।
ईन्धनको प्रयोगबाट चल्ने सवारी साधनबाट निस्कने धुंवाले वायुमण्डलमा कार्वनडाईअक्साईडको मात्रा बढाउने मात्र नभई स्वास्थ्यको लागि पनि लाभदायक नहुने बताउनुभयो । साईकल चलाउंदा शरिरका सबै अंगहरुको व्यायाम हुन जाने भन्दै दैनिक कम्तिमा पनि १ घण्टा साईकल चलाउने व्यक्ति शारिरीक रुपमा फुर्तिलो तथा स्वस्थ रहने उहांले बताउनुभयो ।