बुटवल, जेष्ठ २३ ।
रुपन्देही व्यापार संघमा आवद्ध साइकल तथा अटो व्यवसायीहरुको सम्पन्न भएको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ ।
संघको सचिवालयमा भएको उक्त भेलाले चन्द्र सुवेदीको अध्यक्षतामा ७ सदस्यीय साइकल उपसमिति र चन्द्रमणि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय अटो उपसमिति गठन गरेको हो । साइकल उपसमितिको सह–संयोजकमा नेत्र बस्नेत, सचिवमा श्यामप्रसाद पंगेनी र सदस्यहरुमा सुरेन्द्रप्रसाद गुप्ता, बासुदेव पन्थी, जीवन कंडेल, तुल्सी वि.क. रहेका छन् ।
यस्तै अटो उपसमितिको सह–संयोजकमा खोमराज घिमिरे, सचिवमा शुसिल पाण्डे, कोषाध्यक्षमा कृष्णप्रसाद पन्थी, सह–सचिवमा रामबहादुर शाही, सदस्यहरुमा बाबुराम आचार्य, नारायण प्र. तिवारी, कृष्णप्रसाद न्यौपाने, प्रकाश गैरे, संजयकुमार गुप्ता, धु्रवराज भुसाल तथा सल्लाहकारमा भुपाल गैरे, शुसिल पोखरेल र नारायण खनाल रहेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष मोतिलाल पाण्डेले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै व्यवसायको सफलताको समेत शुभकामना दिए ।
यस्तै भेलामा वरिष्ठ उपाध्यक्ष पदम प्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष यमलाल लोहनी, सचिव प्रकाश ढकाल, सह–सचिव नामदेव पाण्डेले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो । साइकल उपसमिति कार्यसमिति सदस्य नागेन्द्र आचार्यको अध्यक्षता तथा अटो उपसमिति ठाकुर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।