बुटवल फागुन १७
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यवाहक अध्यक्षमा डोलनाथ खनाल चयन भएका छन ।
महासंघका बरिष्ठ उपाध्यक्ष खनाललाई आईतवार सम्पन्न बैठकले कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।
महासंका अध्यक्ष दिनेश भण्डारीको गत ३ गते निधन भए पछि रिक्त रहेको अध्यक्ष पदमा मा बिधान बमोजीम खनाललाई कार्यवाहक अध्यक्षमा निर्णय गरीएको महासंघका बस तर्फका बर्गीय संयोजक जिवन बन्जाडेले बताउनु भयो ।
बांकेका यातायात व्यवसायी खनाल यस अघि यातायात व्इवसायी राष्टिय महासंघको बिभिन्न पदमा जिम्मेवारी सम्हाल्दै चितवनमा सम्पन्न पछिल्लो अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए ।
कार्यवाहक अध्यक्ष खनाल २०२६ सालमा स्याङ्जाको आरुचौरमा जन्मिएका उनले २०५० देखि यातायात व्यवसायको आरम्भ गरेका हुन् । २०५४ सालमा नेपालगञ्जको वागेश्वरी यातायात समितिको सचिवमा चयन भएपछि उनी निरन्तर व्यवसायीहरुको संगठनमा आबद्ध रहँदै आएका छन् । यातायात व्यवसायीहरुबीच निरन्तर एकताका पहल गर्दै आएका उनले वागेश्वरी समिति र भेरी अञ्चल यातायात समितिबीच एकता गरी २०५४ मा त्यसको अध्यक्ष बनेका थिए । पछि यातायात व्यवसायीका दुई महासंघ हुँदा समेत एकता गर्न उनले सक्रिय भूमिका खेलेका थिए ।
कार्यवाहक अध्यक्ष खनालले स्वर्गीय अध्यक्ष दिनेश भण्डारीले सुरु गरेका यातायातमा सुधारका योजनाहरु सम्पन्न गर्ने र यातायात क्षेत्रमा रहेको अन्यौलता अन्त्य गर्न लागी पर्ने बताए ।
खनालले हामी अत्यन्तै अप्ठेरो अवस्थामा छौ यातायात क्षेत्रमा चौतर्फी प्रहार भएको बेला अध्यक्षको निधन भएकोले आफ्नो काधमा आएको जिम्मेवारी लाई पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए ।
यातायात व्यवसायीहरुलाई समेटेर लैजाने जिम्मेवारी कांधमा आएको छ म त्यो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छु उनले भने ।