काठमाडौं – नेपालको लागि महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले आफ्ना तीन प्रमुख तथा वर्गमै उत्कृष्ट एसयूभीहरुको रेन्जलाई नयाँ क्याम्पेनमा ल्याएको छ । केयूभी १००, टीयूभी ३०० र एक्सयूभी ५०० गरी तीन एसयूभीहरुमा उक्त नयाँ क्याम्पेन लागू गरिएको हो ।
महिन्द्राको सो नयाँ क्याम्पेन भृकुटीमण्डपमा जारी नाडा अटो शोमार्फत गरिएको छ । क्याम्पेनमा फिचर गरिएका ती एसयूभीहरुले बजारमा “द यंग एसयूभी”, “द टफ एसयूभी” र “द एलिगेन्ट एसयूभी” को मौलिक छवि बनाउनुका साथै एउटा बलियो स्थान बनाउन पनि सफल भइसकेको कम्पनीले विश्वास गरेको छ । केयूभी १०० ले आजभोलीका नयाँ जमानाका विचारधारा तथा यंग एसयूभी लाइफ जिउन इच्छुक व्यक्तिहरुलाई उत्साहित बनाएको छ । त्यसैगरी टीयूभी ३०० ले रोमाञ्चक यात्रा र चुनौतीपूर्ण यात्राहरु मनपराउने व्यक्तिलाई प्रोत्साहन दिँदै आएको छ । एक्सयूभी ५०० आरामदायी यात्रा तथा प्रिमियम अनुभव खोज्ने व्यक्तिहरुका बीच लोकप्रिय बन्न सफल भएको छ ।
कम्पनीले नाडा अटो शोमा यी एसयूभीहरुका साथै महिन्द्रा ईटुओ गाडी पनि प्रस्तुत गरेको छ । कम्पनीले उक्त ४ गाडीहरुको नाडा अटो शोमा बुकिङ गरे बापत विशेष छुटहरुका साथै विभिन्न आकर्षक उपहारको पनि व्यवस्था गरेको जानकारी गराएको छ ।