छुट्टै साईकल लेनको व्यवस्था गर्न माग
भगवती पाण्डे ,बुटवल जेठ २३
विश्व वातावरण्ँ दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि वातावरण्ँ दिवस मनाउन सुरु गरिएको हो । यसवर्ष हाम्रो जीवजन्तु, हाम्रो वातावरण्ँ र वन, संरक्षण्ँ गरौं लगाई सम्पूणर््ँ तन, मन र धन भन्ने नाराका साथ यो दिवस मनाईदै छ ।
बुटवलमा पनि स्वस्थ जिवन र वातावरण संरक्षणका लागि साईकलको प्रयोग भन्ने नाराका साथ साईकल ¥याली निकालिएको छ । सुरक्ष्ँित यात्रा अभियान, साईकल व्यवसायी समिती र रुपन्देही साईकिलीङ संघको संयुक्त आयोजना तथा नेपाल अटोमोवाईल्स एशोसिएसन “नासा” को संयोजनमा साईकल ¥याली निकालिएको हो ।
बुटवलको ट्राफिकचोकबाट शुरु भएको साईकल ¥याली योगिकुटी चोकमा पुगी समापन गरिएको थियो । ¥याली समापनको अवसरमा बोल्दै नासाका महासचिव गोविन्द भट्टराईले साईकलको प्रयोग मानिसको स्वास्थ्य, सुरक्ष्ँित यात्रा र वातावरण संरक्ष्ँण सबै दृष्टिले सुरक्ष्ँित रहेको बताउनुभयो ।
उहांले ईन्धनबाट चल्ने सवारी साधनले वातावरण प्रदुषण गरिरहेको अवस्थामा साईकलको प्रयोगलाई बढाउनुपर्ने भएपनि सरकारले निर्माण गरिरहेका सडकहरुमा साईकल लेनको व्यवस्था भने नभएको बताउनुभयो ।
सुरक्षित यात्रा अभियानका अध्यक्ष्ँ नारायण अधिकारीले मानव स्वास्थ्यका लागी निकै लाभदायक र बातावरण मैत्री साधन भएकोले साईकलको प्रयोगलाई प्रोत्साहन गर्न साईकल ¥याली आयोजना गरिएको बताउनुभयो ।
अभियानका महासचिव दिनेश पाण्डेले बढ्दो दुर्घटना र ध्वनी तथा धुवां प्रदुषणले मानव जिवनलाई आक्रान्त पारेको अवस्थामा साईकलको प्रयोगलाई बढाउन सके यसले यात्रा सुरक्ष्ँित मात्र नभई धुवां र ध्वनी प्रदुषणले बातावरणमा पार्ने प्रभावलाई कम गर्न सकिने बताउनुभयो । पाण्डेले निर्माणधिन सडकहरुमा साईकल यात्रीहरुकालागी अलग्गै लेनको ब्यवस्था गर्न सरकार संग माग गर्नु भयो ।
साईकल व्यवसायी महासंघका अध्यक्ष दया भण्डारीले साईकलको प्रयोग सबै प्रकारले सुरक्ष्ँित छ भन्ने थाहा हुंदाहुंदै पनि साईकलयात्रीलाई हेयको दृष्टिले हेर्ने गरिएका कारण यसको प्रयोग कम हुंदै गएको बताउनुभयो । उहांले शहरभित्र साईकलको प्रयोगलाई प्रोत्साहन गर्न यसप्रकारको कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम साईकल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष्ँ नगेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैविच सुरक्षित यात्रा अभियानलाई साईकल व्यवसायी संघले साईकल प्रदान गरेको छ ।
महासंघका अध्यक्ष्ँ भण्डारी र रुपन्देही संघका अध्यक्ष आचार्यले अभियानका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई संयुक्त रुपमा उक्त साईकल हस्तान्तरण गर्नुभएको हो ।