दाङको नारायणपुरमा स्कुल बस र माइक्रो बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परि २३ जना घाइते भएका छन्।
विद्यार्थी लिन नारायणपुरतर्फ जाँदै गरेको पद्यमोदय पब्लिक स्कुलको रा १ क १९१ नम्बरको बस र तुलसीपुरवाट घोराहीतर्फ आउँदै गरेको रा १ ज ३७२ नम्बरको माइक्रो बुधवार विहान नारायणपुरको सौडिकुला भन्ने ठाउँमा एकआपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै र दुर्इजनाको उपचारका क्रममा दुर्इ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए। मृत्यु हुने सबै माइक्रोमा सवार यात्रु रहेको कडायतले बताए।
मृतक पाँचै जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घाइते मध्ये १२ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र अन्य घाइतेहरुको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।