यातायात क्षेत्रलाई उद्योगको मान्यता दिन आग्रह
बुटवल, माघ २९– यातायात क्षेत्रलाई उद्योगको रुपमा मान्यता प्रदान गर्दै त्यसका समस्या समाधान गर्न दिशामा लाग्नु पर्ने सुझाव सो क्षेत्रका विज्ञहरुले दिएका छन् । यातायात क्षेत्रको विकास विना देशको भौतिक विकास अगाडि बढ्न नसक्ने हुदा त्यसको विकासका लागि छुटै समयअनुकुलको नीति जरुरी रहेको कुरामा उनीहरुले जोड दिएका थिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको १६ औं बार्षिक साधारणसभाको अवसरमा बोल्ने बक्ताहरुले सो धारणा व्यक्त गरेका हुन । उनीहरुले नीजि क्षेत्रको अर्वौ लगानी भएको क्षेत्रलाई राज्यले व्यवस्थित गर्न नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका थिए । पछिल्लो राष्ट्रमा देखापरेको असहज परिश्थितिमा यातायात क्षेत्रले ठूलो आर्थिक नोक्सानी व्यहोरेको उल्लेख गर्दै राष्ट्र निमार्णका लागि पनि यातायात क्षेत्रको विकास जरुरी भएको उनीहरुको धारणा रहेको थिए ।
बक्ताहरुले यातायात क्षेत्रको समस्याहरुका बारेमा राज्य र सरकारलाई पटकपटक अवगत गराउदा पनि त्यसको सुनुवाई हुन नसकेको गुनासो गर्दै अबका दिनमा यातायात व्यवसायीहरु समस्यालाई थाती राखेर नबस्ने चेतावनी दिएका थिए । राजनीतिक परिर्वतनका आन्दोलनमा यातायात क्षेत्रले पु¥याएको योगदान राजनीतिक दलहरुले विर्सेको भन्दै बक्ताहरुले चरम इन्धन अभाव र नाकाबन्दीबाट प्रताडित व्यवसायीहरुलाई राहातको व्यवस्था हुनु पर्ने माग अगाडी सारेका थिए ।
सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले ट्रक व्यवसायीहरुका समस्यालाई महासंघले गम्भिर रुपमा लिएको बताउर्दै व्यवसायीहरुको एकतामा जोड दिनु भयो । उहाले यातायात व्यवसायीहरुले विमा, भाडा र ढुवानीमा विभेदको सामाना गर्नु परेको उल्लेख गर्दै सिन्डिकेटको नाममा आफुहरुलाई बदनाम गर्न केही समुह लागेको आरोप लगाउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जनले राज्यले यातायात क्षेत्रको मागलाई समयमा सुन्ने काम नगरे त्यसको परिणाम गम्भिर आउने चेतावनी दिनु भयो । उहाले ढुवानी यातायात व्यवसायीहरुमा राज्यलाई ठप्प पार्न सक्ने शक्ति रहेको बताउनु भयो ।
अर्का विशिष्ठ अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नाकाबन्दी र बन्द हडतालको समयमा यातायात क्षेत्रले दिएको सहयोगप्रति आभार प्रकट गर्दै यातायात क्षेत्रको समस्याहरु पहिचानगरि सामुहिक रुपमा समाधान गर्न आग्रह गर्नु भयो ।
समिमिका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागत तथा महासचिव टिकाराम गौतमको सञ्चालमा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ, समितिका पुर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, समितिका पुर्व अध्यक्ष गुप्तबहादुर केसी, समितिका निर्वतमान अध्यक्ष श्रीमान गणेशप्रसाद पन्थ, नारायणी यातायात व्यवसायी संघ, हेटौडाका अध्यक्ष बद्रि चौलागाइ, नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि प्रेम खरेल, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रकाश अधिकारी, यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चल बुटवलका प्रमुख देविराम भण्डारी,रुपन्देही व्यापार संघका अध्यक्ष मोती प्रसाद पाण्डे लगायत बोल्नु भएको थियो । उहाहरुले व्यवसायीहरुको समस्या व्यवसायीहरुको एकताबाट मात्र सम्भव भएको बताएका थिए ।