कार्तिक २ बुटवल
बडादशैं आउन थोरैमात्र दिन बांकि रहंदा शहरबजारबाट गाउंघर तिर जाने सर्वसाधारणको संख्या पनि बढ्दै गएको छ ।
रोजगारी ब्यवसाय र अन्य काम विशेषले शहरमा बसेकाहरु दशैं मान्न भन्दै पहाडी जिल्ला तर्फ जान थालेपछि सडकहरुमा मानिसको लर्को लागेको छ । गाउंघरबाट आई शहरमा बसेकाहरु गाउं फर्किएपछि अब केहि दिन बुटवल सुनसान हुनेछन् ।
बुटवलबाट दैनिक हज्जारौ व्यक्तिहरु पहाडी जिल्लाहरुमा जाने गरेका छन् ।आफ्ना मान्यजनहरुको हातबाट दशैंको टिका थाप्न भन्दै बुटवल छोड्नेहरुको संख्या बढेपछि सवारी साधनहरुमा यात्रुहरुको चापपनि थपिदै गएको छ ।
बुटवलको लुम्विनी बस टमिंनलमा टिकटको लागी लाईनमा बसेका सर्वसाधारण र लुम्विनी बस टर्मिनलमा पालो पर्खेका सवारी साधन
विगतका वर्षहरुमा यात्रुहरुको चापको आधारमा सवारी साधन थप्दै पठाउने पश्चिम नेपाल बस व्यवसायी संघले यसवर्ष भने ईन्धन अभावका कारण सवारी साधन थप्न नसकेपनि सवारी साधनमा मिलेर जान यात्रुहरुसंग आग्रह गरेको छ ।
बुटवल लुम्विनी बस टर्मिनलको स्थीत बसपार्कको काउण्टरमा विहानैदेखि टिकट काट्न लाम लागेका सर्वसाधारणलाई सुरक्ष्ँित तरिकाले यात्रागर्न र सवारी साधनपनि सावधानी पुर्वक सञ्चालन गर्न संघले आग्रह गर्दै आएको छ ।
संघका महासचिव जिवनकुमार बञ्जाडेले यात्रुहरुको चापको आधारमा सवारी साधन थप्न नसकेपनि यात्रुहरुलाई कसरी सहज रुपमा गन्तव्यमा पु¥याउन सकिन्छ भन्नेमा आफुहरु सचेत रहेको बताउनुभयो ।
उहांले सिट पाईएन भन्दैमा बसको छतमा र ढोकामा यात्रा नगरी बस भित्रै अरु यात्रुहरुसंग मिलेर यात्रा गर्न आग्रह गर्नुभयो । विगतमा सिट संख्याको आधारमा यात्रुहरु पठाउने गरिएकोमा यसपटक भने ईन्धन अभावका कारण यात्रुहरुलाई गाडीमा नचढ भन्ने अवस्था नभएको उहांले बताउनुभयो ।
अघिल्लो वर्ष संघ अन्तर्गतका एक हजार ३ सय ७८ गाडी दैनिक विभिन्न रुटमा सञ्चालन भएकोमा यस पटक भने करिव ८ सय मात्रै संचालनमा रहेका छन् । विगतका वर्षहरुमा दशैंमा यात्रुहरुको चापहुने यसक्षेत्रका गुल्मी, अर्घाखांची तथा लामो रुटको काकडभिट्टा लगायतका क्षेत्रहरुमा अन्य समय भन्दा ७० प्रतिशत बढि गाडी संचालन हुने गर्दथे ।
गुल्मीका विभिन्न रुटका लागि मात्रै दैनिक एक सय भन्दा धेरै गाडी बुटवलबाट छुट्ने गरेकोमा अहिले भने आधा भन्दा कम गाडी मात्र गाडी छुट्ने गरेका छन् । यसैगरी बुटवल देखि अर्घाखा“ची जिल्लाका विभिन्न रुटहरुमा दशैंको अबधिमा मात्रै दैनिक ७५ बसहरु सञ्चालनमा आउने गर्दथे । अर्घाखांचीमा अहिले करिव २५ वटा मात्र बस संचालन भएका छन् ।